१० मंसिर २०८१ सोमबार
image/svg+xml

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली शनिबार वीरगञ्ज आएको छ। छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो।

नापी कार्यालयका प्रमुख मृत फेला

नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आइतबार बिहान मृतावस्थामा फेला परेका छन्।

खोटेहाङमा एकैसाथ मालपोत र नापी कार्यालय

स्थानीय तहको कार्यान्वयनसँगै खोटाङको खोटेहाङ गाउँपालिकामा एकैसाथ मालपोत र नापी कार्यालय स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो ।

६ लाख ८० हजार घुससहित नापीका कर्मचारी पक्राउ

छ लाख ८० हजार रुपैयाँ घुससहित झापा दमकको नापी कार्यालयका एक कर्मचारी सोमबार पक्राउ परेका छन्।

नापी अधिकृत घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ।

नापी सर्वेक्षक पाँच हजार घुससहित पक्राउ

अख्तिार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नापी कार्यालय कलैया, बारामा कार्यरत एक नापी सर्वेक्षकलाई सेवा ग्राहीबाट घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ।

नापी कार्यालयका खरिदार एक लाख घुसहित पक्राउ

नापी कार्यालय महोत्तरी जलेश्वरका अमिन (खरदार) रु. एक लाख घुस रकमसहित साेमबार थलोमा नै पक्राउ परेका छन् ।

घुससहित नापी कार्यालयका प्रमुख र अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित बुधबार पक्राउ गरेको छ ।

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

सर्लाहीको धनगढा गाविसमा गाउ ब्लकको जग्गा नापी गर्न खटेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई घुस मागेको आरोपमा स्थानीयले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्