१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

३५ हजार घुससहित नापी सर्बेक्षक पक्राउ

नेपालगन्ज- नापी कार्यालय बाँकेका सर्बेक्षक यामबहादुर खत्रीसहित दुई जना ३५ हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। हाल साबिक भिडाउने काम वापत सेवाग्राहीसँग घुस रकम मागेको सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

सर्बेक्षक खत्रीसहित आफूलाई लेखापढी गर्ने बताउने रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका प्रताप केसीलाई पनि नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए। घुस वापतको रकम लिईसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

 

प्रकाशित: २२ माघ २०७६ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App