८ वैशाख २०८१ शनिबार
समाज

नापीका कर्मचारी र लेखनदास पक्राउ

इटहरी– जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं. १ कार्यालय इटहरीको टोलीले नापी सर्वेक्षक मागैन महत्तो र लेखनदास रामनारायण पोदारलाईं मंगलबार पक्राउ गरेको हो। सेवाग्राहीसँग ११ हजार रुपैयाँ घुस लिएपछि महत्तो र पोदार पक्राउ परेका हुन्। मुद्दा दर्ता गर्नका लागि दुवै जनालाईं बुधबार काठमाडौं लगिएको छ। 

नापी कार्यालयमा नक्सा संशोधन गर्ने निहुँमा थुप्रै सेवाग्राहीबाट कर्मचारीले घुस लिएको गुनासो बढेपछि अख्तियारको टोलीले निगरानी बढाएर पक्राउ गरेको हो।

नापी कार्यालयमा कतिपय नक्सा बिग्रिएको घटना आउँछ। कसैको नक्सा विग्रिएमा फिल्डमा गएर सर्जिमन गरि भोगचलन गरे–नगरेको र सनाखत बयान गरेर अनि मात्र नयाँ नक्सा परिवर्तन गर्न सक्ने नियम छ। 

अख्तियारको इटहरी कार्यालयले २०७५ बैशाखादेखि २०७६ साउन दोस्रो सातासम्म २२ जना कर्मचारीलाईं घुससहित पक्राउ गरि मुद्दा चलाएको छ। 

प्रकाशित: १५ श्रावण २०७६ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App