४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली प्रदेशका सांसद श्रेष्ठलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले बताए।

घरैपिच्छे कोरोना संक्रमित, टोल सिल

सुनसरी सदरमुकाम इनरुवा वडा नं. ५ को प्रगतिपथमा घरैपिच्छे कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित कठिनपूर्वक होम आइसोलेसनमै बसेका छन्।

पोखरा फुड्सका ५९ जनामा कोरोना संक्रमण

पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रालिका ५९ जनामा कोरोना संक्रमण भएको छ। पोखरा फुड्स प्रालिमा कार्यरत उनीहरु मध्ये ३४ जनामा ३ दिन पहिले कोरोना पुष्टि भएको थियो। सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार प्रदेशका विभिन्न आइसोलेसनबाट ५२ जना डिस्चार्ज भएका छन्। मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा थपिए ३ सय २६ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय २६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काडमाडौंमा २९३ जना, भक्तपुरमा १३ जना र ललितपुमार २० जना नयाँ सकंक्रमित थपिएका हुन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७९ जना संक्रमित थपिएका छन्। ९२१८ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो।

थप ९ सय ७९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९२१८ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो।

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिकमाथि कुटपिट आरोपमा पक्राउ ६ जनालाई कोरोना

गत विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको नःटोलमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राय परेका ६ जनालाई कोरोना पुष्टि भएको छ।

संक्रमितको मृत्युपछि परिवारको पीडा : आफन्तलाई अँगालो हालेर रुन पनि नपाइने

‘जिउँदाको जन्ती, मर्दाको मलामी’ चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई हाम्रो समाजले निकै उपलब्धि ठान्छ। तर, कोरोना भाईरस संक्रमणको कहरमा यो उखान उत्ति मेल खाँदैन।

ताल्चामा खिया लाग्यो, बजार खुल्दैन (फोटो फिचर)

कोरोना संक्रमण नियन्त्रणका लागि चार महिना लामो लकडाउन भयो। लकडाउनका कारण पेशा, व्यवसाय सबै ठप्प रहे। त्यसपछि आंसिकरुपमा खुलेको बजार, सार्वजनिक सवारी साधनहरु अहिले बन्द छन्। व्यवासायीहरुले आफ्नो पसलमा लगाएको ताल्चामा खिया लागिसकेको अवस्था छ। ताल्चालाई बचाउन कतिपयले प्लास्टिकले छोप्ने गरेका पनि छन्।

भारतमा कोरोना मुक्त भइसकेको व्यक्तिमा पुन : संक्रमण

भारतको ब्याङलोरमा दोस्रो पटक कोरोना संक्रमण भएका व्यक्ति फेला परेका छन्। एक निजी अस्पतालले दोस्रो पटक संक्रमित व्यक्ति फेला पारेको दावी गरेको बीबीसीले जनाएको छ। उक्त अस्पतालले २६ वर्षीया ति महिलालाई पहिलो पटक जुलाईमा संक्रमण देखिएको बताएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिकिन्छ भन्ने व्यक्ति पक्राउ

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै विभिन्न युट्युब च्यानलमा बोलेका एक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

परिवारका सदस्यलाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल दुई दिनदेखि होम क्वारेन्टिनमा

परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन्। उनका छोरालाई कोरोना संक्रमण देखिएको हो।

पोखराका तीन वडा सिल

पछिल्लो समय पोखरा कोरोनाको केन्द्रविन्दु बन्दै गएको छ। पोखरामा कोरोना संक्रमण बढदै जादाँ पोखरा महानगरपालिकाका तीन वटा वडाहरु सिल गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना समुदाय स्तरमा समेत पुगेको भन्दै महानगरका तीन वडालाई सिल गरिएको हो।

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्