४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली प्रदेशका सांसद श्रेष्ठलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले बताए।  सांसद श्रेष्ठले आफु अहिले जुम्लामा भएको वेला स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको सुनाए।  अहिले होम आईसुलेशनमा बसिरेहेको र स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए।

उनी दुई सातादेखि जुम्ला खलंगा बजारमै रहेका थिए। प्रदेश लेखा समितिका अध्यक्ष जिल्ला आएको बेला नेता तथा कार्यकर्ताहरु आफ्ना समस्या र गुनासाहरु राख्न दैनिक जसो भेट्न आउने गरेका थिए। गुनासो सुनाउन र भेटघाट गर्न धेरै आउन थालेपछि उनले पीसीआर परीक्षण गरेका थिए।  

अहिले आफू होम आइसोलेनसमा रहेको र कुनै लक्षण नदेखिएको सांसद श्रेष्ठले बताए। आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत उनले अनुरोध गरेका छन्।  

यसैगरी दुई दिनमा जुम्लामा सांसद श्रेष्ठ सहित थप ४ जनामा समेत कोरोना संक्रमण देखिएको थियो।   हिमा गाउँपालिका ३ जोगिवाडा गाउँका २७, ३५ र ५० वर्षीय ३ जना र चन्दननाथ नगरपालिका ८ का ३४ वर्षीय एक जनालाई कोरोना संक्रमण भएको सामाजिक विकास कार्यालयको तथ्यांकमा छ।

यसअघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापालाई पनि संक्रमण हुदा आईसोलेशनमा बसिरहेको जानकारी गरिएको छ।

 

 

 

प्रकाशित: २२ भाद्र २०७७ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App