१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरा फुड्सका ५९ जनामा कोरोना संक्रमण

पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रालिका ५९ जनामा कोरोना संक्रमण भएको छ। पोखरा फुड्स प्रालिमा कार्यरत उनीहरु मध्ये ३४ जनामा ३ दिन पहिले कोरोना पुष्टि भएको थियो। सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सोमबार कोरोना पुष्टी भएका मध्ये १७ जना महिला र ८ जना पुरुष रहेको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ।

निर्देशनालयका अनुसार सोमबार कोरोना पुष्टि भएका प्रालिमा कार्यरत २२, २३, २७, २८, २८, २८, २५, ४०, २४, २३, २६, २३, २४, २६, ३२, ३५ र २४ वर्षीया महिला रहेका छन्। त्यस्तै, २७, २३, २०, ४०, २२, ३३, ३७ र २९ वर्षीय पुरुष रहेको जनाइएको छ।

संक्रमित सबै बिस्कुट फ्याक्ट्रीमा कार्यरत मजदुर हुन्। बाँकी मजदुरकोपनि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब जाँच गर्ने तयारी गरिएको छ। जसका लागि मजदुरहरुको खोजी भइरहेको निर्देशनालय श्रोत बताउँछ।

श्रोतका अनुसार पोखरा फुड्स प्रालिमा पोखरा ५ बस्ने एक पुरुष मजदुरबाट संक्रमण सरेको हो। पोखरा ५ मा एक जना व्यक्तिमा देखिएको संक्रमण मजदुरकी श्रीमतीमार्फत ति पुरुष मजदुरहुँदै पोखरा फुड्स प्रालिसम्म पुगेको श्रोत बताउँछ। हाल कास्की प्रशासनले उद्योग चलाउँदा उद्योग परिसरमै क्वारेन्टिनमा मजदुरलाई राखेर काम गराउन निर्देशन दिएपनि उद्योगले पालना नगरी घरबाटै आउजाउ गर्नेगरी उद्योग चलाउँदा कोरोना संक्रमण फैलिएको श्रोतले बतायो।

मजदुरमा कोरोना संक्रमण पुष्टी भएपछि उद्योग शिल गरिएको छ। पोखरा फुड्स प्रालि उद्योगपति हरि पाण्डेको उद्योग हो।

 

 

प्रकाशित: २२ भाद्र २०७७ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App