१५ असार २०८१ शनिबार
image/svg+xml

म्याद गुज्रिएका औषधि भेटिएपछि वीर अस्पताल बाहिरका २ औषधि पसल बन्द

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन्।

काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए।

सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।

दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना

लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।

दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो।

उपत्यकाकै फार्मेसी भाडाको प्रमाणपत्रमा, दर्ता नभएका फार्मेसी पनि भेटिए

दर्ता भएर चलाइएका फार्मेसीले गरिरहेका बदमासी र गल्ती त कति हो कतिरु सायद त्यसैले होला १० वटा फार्मेसी सिल गरिएको छ।

मेसीको सर्वाधिक छिटो गोल

कप्तान लियोनल मेसीले खेलजीवनकै सर्वाधिक छिटो गोल गरेको दिन अर्जेन्टिनाले बिहीबार मैत्रीपूर्ण खेलमा अस्ट्रेलियालाई २–० ले हराएको छ।

मेसीका लागि बार्सिलोनाको प्रयास जारी

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई क्लबमा फिर्ता ल्याउन सम्भव भएसम्म सबै कदम चालिने बताएका छन्।

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

मेसी र एम्बाप्पे वर्ष खेलाडीमा मनोनयन

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार सार्वजनिक गरेको गत वर्षको उत्कृष्ट खेलाडीको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेसी र एम्बाप्पे परेका हुन्।

सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप उपाधिसहित आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनको सुखद अन्त्य गर्ने लक्ष्यमा छन्। तर, मेसीले त्यसका लागि साबिकको विजेता फ्रान्स र कीर्तिमानको संघारमा रहेका केलियन एमबाप्पेको चुनौती पार लगाउनु पर्नेछ।

मेसीलाई म्याराडोना बन्ने अवसर

लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने क्रोएसियाको लक्ष्यलाई ३–० ले पन्छाउँदै अर्जेन्टिनाले बुधबार कतार विश्वकपको उपाधि भिडन्त तय गरेको छ। म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाएको पनि ३६ वर्ष पूरा भइसकेछ।

मेस्सीको अर्जेन्टिनालाई क्रोएसियाको डर

सन् २०१० मा स्पेन विश्वकपको उपाधि जित्ने सबैभन्दा कान्छो टोली बनेको थियो। त्यसयता २०१४ मा जर्मनी र २०१८ मा फ्रान्सले विश्वकप जितेका थिए। यी यसअघि नै विश्वविजेता बनिसकेका थिए।

मेसी शीर्ष ३० मा पनि परेनन्

रयाल मड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमालाई यस पटक बालोन डी अ’रको मुख्य दाबेदारका रूपमा हेरिएको छ। उनले गत सिजन च्याम्पिन्स लिगमा १५ गोल गरेका थिए।

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताए। सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्