१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औंल्याएकी हुन।

आज काठमाडौंमा सुरेन्द्र भण्डारी र अच्युत गौतमद्वारा लिखित नेपाल(इन्डिया फ्रन्टियर डिप्लोमेसी इन रिफरेन्स टु काली रिभरः पर्सपेकटिभ अफ इन्टरनेशनल ल  नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले दुई देशबीचको सदिऔदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धि सबै समस्याहरु हल गरेर अघि बढनैपर्ने तर्क गरिन।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताईन।

पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढदामात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वाशिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराइन। उनले नदी प्रणालीको संरक्षण र सम्वद्र्धन गरी अघि बढन सके नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्ने समेत बताईन।

प्रकाशित: ३० वैशाख २०८० ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App