काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले राष्ट्रवादी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको दाबी गरेकी छन्।
बिहीबार एमालेले काठमाडौंमा आयोजना गरेको युवा उत्सव (यूथ सेलेब्रेसन) मा बोल्दै डङ्गोलले यस्तो बताइन्।
भाषणको सुरुमा डङ्गोलले आफूमाथि राष्ट्र विरोधी तत्वबाट आफूमाथि आक्रमण भइरहेको बताएकी थिइन्। त्यसपछि उनले त्यो आक्रमण आफूमाथि मात्रै नभएको बताइन्।
‘यो ममा मात्र सीमित छैन। पार्टी र श्रद्धय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु। उहाँले पनि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारण थुप्रै आक्रमण खेप्न परेको छ,’ डङ्गोलले भनिन्, ‘त्यस्ता आक्रमण तत्त्व सलबलाइ रहेका छन्।’
डङ्गोलले २०७२ सालको भूकम्पका कारण देश थलथलिएको भन्दै स्मरण गर्दै उनले भनिन्,‘त्यो समयमा राष्ट्रका लागि काम गर्नुभयो, नेतृत्व दिनुभयो। र, त्यस्तो समयमा राजनेता मान्ने त कहाँ हो कहाँ झूटो आरोप लगाउने, बदनाम गर्ने तर्फ पनि थुप्रै त्यस्ता तत्त्व अघि बढे।’
तर २१ औँ शताब्दिका युवाले सत्य के हो भन्ने जानेर अफवाह र फटाहाले फैलाएका भ्रमका पछाडि नगएर ठिक कुरा थाहा पाउनुपर्ने उनले बताइन्।
प्रकाशित: ११ वैशाख २०८२ १६:३६ बिहीबार





