२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना

लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।

गत डिसेम्बरमा विश्वकप जितेपछि पहिलो खेल खेल्न लागेको अर्जेन्टिनाले विश्वकप छनोटमा आगामी बिहीबार मोइसेस काइसेडोको इक्वेडरसँग मोनुमेन्टल डे नुनेज स्टेडियममा प्रतिस्पर्धा गर्दै छ।

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। यस्तो स्थितिमा दक्षिण अमेरिकी क्षेत्रबाट ६ राष्ट्रले सीधै विश्वकपमा स्थान बनाउनेछन्। सातौं स्थानमा रहने टोलीले पनि इन्टरकन्टिनेन्टल प्लेअफमार्पmत विश्वकपमा स्थान बनाउने अवसर पाउनेछ। दक्षिण अमेरिकी विश्वकप छनोट आगामी सन् २०२५ को सेप्टेम्बरसम्म हुनेछ।

गत डिसेम्बरमा विश्वकप जितेपछि पहिलो खेल खेल्न लागेको अर्जेन्टिनाले विश्वकप छनोटमा आगामी बिहीबार मोइसेस काइसेडोको इक्वेडरसँग मोनुमेन्टल डे नुनेज स्टेडियममा प्रतिस्पर्धा गर्दै छ।

विश्वकप विजेता सदस्य ३६ वर्षे लियोनल मेसी, गोलकिपर इमिलियानो मार्टिनेज, डिफेन्डर निकोलस ओटामेन्डी, मिडफिल्डर इन्जो फर्नान्डेज र स्ट्राइकर जुलियन अल्भारेज सम्मिलित अर्जेन्टिनी टोलीले विश्वकप छनोटको पहिलो खेलमा इक्वेडरको सामना गर्नेछ।

युरोपेली फुटबल छाड्दै अमेरिका पुगेका मेसीले इन्टर मियामीबाट ११ गोल गरेका छन्। उनी लयमा रहेकाले अर्जेन्टिनाले त्यसका फाइदा लिनेछ। प्रशिक्षक लियोनल स्कालोनीले सन् २०१७ मा अर्जेन्टिनाको प्रशिक्षण समालेयता दक्षिण अमेरिकी छनोटको एउटा पनि खेल हारेका छैनन्।

‘सुरुआत गर्नु जहिल्यै पनि कठिन नै हुने गर्दछ,’ अर्जेन्टिनी सकर एसोसिएसनको वेबसाइटसँगको कुराकानीमा स्कालोनीले भने, ‘पहिलो खेल जहिले पनि कम महत्वको हुने गर्दछ। तर, हाम्रा खेलाडीले राम्रो प्रदर्शन गर्नेमा मलाई विश्वास छ।’

यता, इक्वेडरमा भने १ सय ४६ मिलियन डलरमा केही समयअगाडि चेल्सीमा अनुबन्धित भएका काइसेडो प्रमुख आकर्षण हुनेछन्। साथै भेट्रान स्ट्राइकर इनर भ्यालेन्सिया र १६ वर्षे केन्डी पाइजको साथ पनि इक्वेडरले पाउनेछ। स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेज बासले पनि दक्षिण अमेरिकी छनोटमा डेब्यु गर्नेछन्।

यसबाहेक इक्वेडरले (-३) तीन अंकको ऋणात्मकसहित ९ राष्ट्र सम्मिलित छनोटको सुरुआत गर्नेछ। कोलम्बियामा जन्मिएका डिफेन्डर बाइरोन कास्टिलोको जन्मसम्बन्धी गलत सूचना पेस गरेको भन्दै फिफाले यस विश्वकप छनोटमा तीन अंक घटाउने निर्णय गरेको थियो। अर्जेन्टिनाविरुद्ध जित निकाल्दा पनि इक्वेडरले दोस्रो खेलमा शून्यबाट सुरु गर्ने अवसर पाउनेछ। बिहीबार नै कोलम्बियाले भेनेजुएलासँग र पाराग्वेले पेरुविरुद्ध खेल्दै छन्। शुक्रबार ब्राजिलले बोलिभियासँग खेल्दै विश्वकप छनोटको सुरुआत गर्दा उरुग्वेले घरेलु टोली चिलीको  सामना गर्नेछ।

विश्वकप विजेता सदस्य ३६ वर्षे लियोनल मेसी, गोलकिपर इमिलियानो मार्टिनेज, डिफेन्डर निकोलस ओटामेन्डी, मिडफिल्डर इन्जो फर्नान्डेज र स्ट्राइकर जुलियन अल्भारेज सम्मिलित अर्जेन्टिनी टोलीले विश्वकप छनोटको पहिलो खेलमा इक्वेडरको सामना गर्नेछ।

फर्नोन्डो डिनिजले घरेलु मैदानमा बोलिभियाविरुद्ध प्रतिस्पर्धा गर्दा पहिलोपटक ब्राजिलको प्रशिक्षण समाल्नेछन्। डिनिज एक वर्ष टोलीको प्रशिक्षक रहनेछन्। कार्लो एन्सेलोट्टीको रियाल मड्रिडसँग यसै सिजनको अन्त्यमा सम्झौता अन्त्य भएसँगै उनी पाँच पटक विश्व च्याम्पियन ब्राजिलको प्रशिक्षक हुनेछन्।

पहिलो खेलमा ब्राजिलसँग भिनियस जुनियर, नेइमार, लुकास पाक्वेटा र एन्थोनी जस्ता स्टार खेलाडी हुने छैनन्। ‘सबैभन्दा महत्वपूर्ण पक्ष खेलाडीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्ने र ट्याक्टिकल रूपमा पनि सुधार गर्न आवश्यक छ,’ डिनिजले भने, ‘यसका लागि केही समय लाग्न सक्छ। कसरी टोलीलाई एउटा आकारमा ल्याउने भन्ने हामीलाई थाहा छ।’

यो विश्वकप छनोटमा अर्जेन्टिनी प्रशिक्षक रहेको बोलिभिया छैटौं टोली हो। अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो कोस्टासामु सन् १९९४ पछि पहिलो पटक बोलिभियालाई विश्वकपमा छनोट गराउनु चुनौतीपूर्ण हुन सक्छ।

भेट्रान प्रशिक्षक मार्सेलो बियल्साले पनि युरोपेली क्लबमा लामो समय बिताएपछि उरुग्वेको प्रशिक्षण समाल्न पुगेका छन्। उनले लुइस स्वारेज र इडिन्सन काभानीजस्ता खेलाडीबिना चिलीको सामना गर्नुपर्नेछ। बियल्साले यु-२० विश्वकप विजेता टोलीका सदस्यलाई विश्वकप छनोटको टोलीमा राखेका छन्।

यो विश्वकप छनोटमा अर्जेन्टिनी प्रशिक्षक रहेको बोलिभिया छैटौं टोली हो। अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो कोस्टासामु सन् १९९४ पछि पहिलो पटक बोलिभियालाई विश्वकपमा छनोट गराउनु चुनौतीपूर्ण हुन सक्छ।

यता, अर्का अर्जेन्टिनी प्रशिक्षक इडवार्डो बेरिजोले अर्टुरो भिडाल, ग्यारी मेडाल र एलेक्सिस सान्चेजलाई फर्काउँदै चिलीको टोली बनाएका छन्। लामो समयदेखि सहायक प्रशिक्षकका रूपमा काम गर्दै आएका नेस्टोर लोरेन्जोले पहिलो पटक कोलम्बियाको प्रमुख प्रशिक्षकको जिम्मेवारी समाल्नेछन्। 

प्रकाशित: २१ भाद्र २०८० ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App