१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

पक्राउ पर्ने प्रतिवादीमा कोठा खोज्ने र भाषा अनुवादक पनि

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार तस्करहरूले टोखा नगरपालिका वडा नम्बर २ र काठमाडौँ महानगर –२ लाजिम्पाटमा तस्करीको सुन गाल्दै आएको फेला पारेको छ।  

तीनै स्थानबाट सुनका अम्खोरा, कचौराजस्ता भाडा बनाएर भारत तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। भारत सुन तस्करी गर्न भारतीय महिलाहरूलाई प्रयोग गरिएको पनि खुलेको छ।  

यसैगरी सिआइबीले तस्करहरूबाट ६०.७१६ किलो सुन, ब्रेक प्याड ११८० सेट, सुन गाल्ने मेसिन १० थान, सुन गाल्न प्रयोग हुने रसायन तथा अन्य औजार, उपकरणहरू समेत बरामद गरेको छ।  

सुन तस्करीको अनुसन्धान गरेको सिआइबीले बुधवार आफ्नो प्रतिवेदन विभिन्न रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाउँदै छ।  

सीआईबीले तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको निष्कर्ष पनि निकालेको छ। सीआईबीले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ। सीआइबीले बिगो ३ अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ बिगो असुल उपर निष्कर्ष निकालेको छ।  

सीआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको पनि जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।  

यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्।  

यी कम्पनीहरू मार्फत सुन तस्करी भएको सिआइबी प्रतिवेदनमा जनाइएको छ। यसैगरी सिआइबीले हालसम्म नेपाली तथा विदेशी नागरिक गरी ३२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको पनि जनाएको छ। सिआईबी प्रतिवेदन अनुसार ८ जना त्रिभुवन भन्सार कार्यालयका कर्मचारीहरू, ४ जना भन्सार एजेन्ट, ३ जना कार्गो एजेन्ट, ट्याक्सी चालक १ जना, भाषा अनुवादक-कोटा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गर्ने÷माल वस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।

प्रकाशित: २७ भाद्र २०८० ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App