१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कालिमाटी बजारमा अनियमिता गर्नेमाथि कारबाही

मासिक ८ हजार मात्रै राजश्व बुझाएर कालिमाटी तरकारी बजारको स्टल २ लाखसम्म बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार हाताभित्रका ४ सय २५ व्यावसायीमध्ये ३ सय ३८ व्यापारीले निकै सस्तोमा भाडामा लिएका पसल महंगोमा बेच्दै आएको खुलेलगत्तै कारबाही गर्न लागिएको हो।

१७ सय कर्मचारीलाई विभागीय कारबाही सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

‘कामचोर’ ठेकेदारमाथि कारबाही हुनेमा आशा र आशंका

विभिन्न बिकास निर्माण सम्बन्धी योजना जिम्म लिएर बेलामा पूरा नगर्ने ठेकेदारबिरुद्ध पछिल्लो समय गृहमन्त्रालयले चालेको कदमप्रति खोटाङका स्थानीय आशाबादी देखिएका छन्।

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस

विभिन्न स्थानको भौतिक निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने कम्पनीलाई सिन्धुलीको जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ।

पाँच दिन भित्र काम शुरु नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी

पछिल्लो समयमा ठेकेदारको लापरवाहीका कारण अधिकांश योजना अलपत्र पर्ने गरेको गुनासो आएपछि ठेकेदार प्रति स्थानीय प्रशासन कडा बन्दै गएको छ।  जनताको मर्म अनुसार काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न लागेको हो।

ठेकेदारमाथि कारबाही

सरकारले ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीविरुद्ध कारबाही गर्ने जेजस्तो तयारी गरिरहेको छ, त्यो सकारात्मक छ। प्रारम्भिक चरणमा गृह मन्त्रालयले त्यस्ता ठेकेदार र तीसम्बद्ध कम्पनीको नाम संकलन गर्न थालेको छ। सरकारले अहिलेसम्म ७० जिल्लाबाट त्यस्तो विवरण संकलन गरेको सार्वजानिक गरेको छ।

कर छले वित्तीय अपराधमा कारबाही

अर्थमन्त्री युवराज खतिवडाले कर छल्नेलाई वित्तीय अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएका छन् । आगामी आर्थिक वर्षमा राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य राखेका उनले कर छली नियन्त्रणका लागि कर प्रशासनलाई चुस्त बनाई नियमनमा कडाइ गर्ने पनि बताए ।

ठेकेदारमाथि कारबाही घोषणा कार्यान्वयनमा आशंका

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताए पनि उपत्यकाका हकमा कार्यान्वयनमा शंका उत्पन्न भएको छ।

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माइक्रोबस र टेप्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महाशाखाले आइतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारबाही गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गत बुधबार सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारबाही सुरु गरिएको हो । अब माइक्रोबस र टेप्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैनन् ।

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ। लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो। यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

आजादलाई कारबाही गर्न माग गर्दै नेविसंघ आन्दोलित

भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

जनताको पैसा तलमाथि गर्ने बैंकलाई कारबाही : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनताको पैसा तलमाथि गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत पैसा सर्वसाधारणको हुने भएकोले पनि तलमाथि गर्न नहुने उनको भनाइ थियो।

भाजपा सांसदलाई कारबाहीको माग

भारतीय जनता पार्टी (भाजपा) का सांसद कृति झा आजादले नेपाली भूभागलाई भारतीय मिथिलासँग जोडेर विवादित वक्तव्य दिएको प्रति चौतर्फी विरोध सुरु भएको छ। झाले मिथिलाको राजधानी जनकपुरलाई दुई सय वर्ष अघि तत्कालीन ब्रिटिश शासकले नेपाललाई सुम्पेको उल्लेख गर्दै अब भारत सरकारले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्ने ट्विट गरेका छन्।

मेयरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै र्याली

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै बुधबार दोस्रोपटक र्याली निकालिएको छ । नगरप्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमणविरुद्ध गठित विरोध समितिको आयोजनामा आक्रमणकारीलाई तुरुन्त कारबाही गर, जनतालाई सुरक्षाको प्रत्याभूति देऊ भन्ने नाराका साथ ¥याली गरिएको हो।

पूर्वमन्त्री पाण्डेको हस्तक्षेपबाट नेवाको कारबाही फिर्ता भएको खुलासा

तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर पाण्डेले कारबाहीका लागि सिफारिस भएको एक गैरसरकारी संस्थालाई दबाब दिई कारबाही फुकुवा गराएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्