१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ।

निषेधाज्ञा मात्र थपिँदै, सुधार केही भएन

परीक्षण बढाएर समुदायमा कोरोना संक्रमण रोक्ने, भारतबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्ने, जाँच गरेर मात्र घर जान दिने, आइसोलेसन कक्ष बढाउने, आइसियु र भेन्टिलेटर थप गर्ने, पूर्वाधार थप गर्नेलगायत कुनै पनि काम हुन सकेका छैनन्। सुधारका काममा सिन्को नभाँच्ने र अनि निषेधाज्ञा मात्र लगाइरहनाले समस्या समाधान नभई झन् विकराल स्थिति सिर्जना हुने स्थानीय बताउँछन्।

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि, आज राति हुने खेल गुमाउने

फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पपेरिस सेन्ट जर्मेन ९पीएसजी०का महत्वपूर्ण खेलाडी एम्बाप्पेमा सोमबार कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिए लगत्तै उनलाई घर सोमवारनै पठाईएको छ ।

रथ तान्न निस्किएकालाई कोरोना संक्रमण

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गत बिहीबार ललितपुरको नःटोलमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई प्रहरीले हिरासतमा लिएर शुक्रबार र शनिबार पिसिआर परीक्षण गराएको थियो।

'कोरोनालाई सामान्य नठान्नू'

कोरोना संक्रमणले गम्भीर बिरामी भई निको भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कसैले पनि कोरोनालाई सामान्य ठान्न नहुने बताएका छन्।

कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारी युवराज घलेको कोरोना संक्रमणबाट आइतबार राति मृत्यु भएको हो।

प्लाज्मा थेरापीको परिणाम अन्योलमै

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए ।

धावक केसीमा कोरोना संक्रमण

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने एथलेटिक्स खेलाडी जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा बढ्यो जोखिम

महानगरपालिकाकामा कन्ट्याक्ट ट्रेसिङ भए पनि यो जिल्लाको जनसंख्या, कतिपय संक्रमितको फोन नम्बर नै गलत टिपिनु, फोन स्विच अफ् हुनुले पनि कतिपय संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको बिष्टले स्वीकारिन् ।

भारतबाट आएकालाई नरोक्दा समुदायमा संक्रमण

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट अहिले पनि प्रवेश गरिरहेका नेपालीलाई सिधै घर पठाइन्छ । भारतबाट आएकालाई सिधै घर नपठाउन विज्ञहरूले दिएको सुझाव लागु हुन सकेको छैन ।

मृत्यु हुने अधिकांश दीर्घरोगी

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश देखिएको छ ।

रोल्पा कोरोना संक्रमणमुक्त जिल्ला

मंगलवारदेखि रोल्पा कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। रुन्टीगढी गाउँपालिकाका एक संक्रमित डिस्चार्ज भएर घर गएसंगै यहाँ कोरोना संक्रमितको संख्या शुन्य भएको हो। जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीका अनुसार अब अर्को केस नआएमा रोल्पा कोरोना मुक्त जिल्ला बनेको छ।

क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

संक्रमित कैदीलाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ। संक्रमित सुरक्षाकर्मीलाई दहचोकस्थित आइसोलेसन पठाइएको छ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्