१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

धावक केसीमा कोरोना संक्रमण

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने एथलेटिक्स खेलाडी जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

सन् १९७३ मा फिलिपिन्समा भएको एसियन ट्य्राक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालका लागि कांस्य पदक दिलाएका केसी पेटमा समस्या देखिएपछि उपचारका लागि बल्खुस्थित वयोधा अस्तपताल पुगेका थिए । उपचारपहिले अस्पतालले गरेको आग्रहअनुसार केसीको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनका छोरा योगेन्द्र केसीले जानकारी दिए । ‘पेटमा समस्या देखिएको थियो । बान्तासँगै दिसामा पनि रगत देखिएको थियो र बिहानबेलुका ज्वरो आएको थियो,’ छोरा योगेन्द्रले नागरिकसँग भने, ‘अहिले भने स्वास्थ्य अवस्था सामान्य छ । समस्या देखिएपछि इन्डोस्कोपी र बायोप्सी गरिएको छ । इन्डोस्कोपीको रिपोर्ट आइसकेको छ भने बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’ केसी अहिले घरमै आइसोलेसनमा छन् । अहिले केसीले अस्पतालले दिएको औषधी घरमै बसेर सेवन गरिरहेको छोरा योगेन्द्रले जानकारी दिए । ‘इन्डोस्कोपीको रिपोर्टबाट पेटमा समस्या भएको देखिएको छ । घाउ निको बनाउनका लागि अस्पतालबाट औषधी लिएका छौं । घरमै रेखदेख हुने भएकाले घरकै आइसोलेसनमा राखेका छांै,’ छोरा योगेन्द्रले थपे, ‘बाबालाई पोजेटिभ देखिएपछि टेकु अस्पतालले जानकारी दिएको थियो । परिवारको हकमा भने वडाले दुई÷तीन दिनपछि स्वाब संकलनका लागि सम्पर्क गर्ने जनाएको छ । हामी घरमा ८ जना छौं ।’ केसी काठमाडौं महानगरपालिका–१४ स्थित कंलकीमा परिवारका साथ बस्दै आएका छन् । पहिलो पदकधारी केसीमा देखिएको संक्रमणबारे नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ ।

सामान्य अवस्थामा नियमित रूपमा रंगशालालाई फन्को मार्ने केसीले सन् १९७२ को म्युनिख ओलम्पिकमा नेपालको झन्डा बोकेका थिए ।

प्रकाशित: १७ भाद्र २०७७ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App