१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारी युवराज घलेको कोरोना संक्रमणबाट आइतबार राति मृत्यु भएको हो।  

परिवारीक स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ५९ वर्षका घलेलाई ३ वर्षदेखि मधुमेह र ५ वर्षदेखि मुटुरोग सम्बन्धी समस्या थियो।  

उनलाई यही भदौं १२ गते स्वास्थ्यमा समस्या आएपछि कोरोना संक्रमणको आंशकामा भोलीपल्ट पिसिआर जाँचका लागि भेरी अस्पतालमा स्वाब पठाइएकोमा १५ गते पोजेटिभ रिपोर्ट आएको थियो।  

कोरोना संक्रमण पुष्टि भएपछि उनी स्थानीय न्यु इन्द्रेणी होटलको आइसोलेसनमा बस्दै आएकोमा स्वास्थ्य अवस्था झन् बिग्रदै गयो।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार घलेको स्वास्थ्य अवस्था बिग्रदै गएपछि भदौं १८ गते दिउँसो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानान्तर गरेर उपचार सुरु गरिएको थियो। उपचारको क्रममा बिरामीको अवस्थामा सुधार नआएपछि आइतबार राती साढे ८ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए।  

घले नेपालगन्ज उपमहानगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारी हुन्। उनी पछिल्लो समयमा उपमहानगरपालिका कार्यालयको जिन्सी शाखामा कार्यरत थिए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या अत्यधिक रुपले बढ्दै गएको छ। 

प्रकाशित: २२ भाद्र २०७७ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App