१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पुँजीगत खर्चमा प्रदेशको प्रगति

दुई प्रदेशलाई छाड्ने हो भने गत वर्ष अरू सबै प्रदेशको खर्च ७० प्रतिशत नाघेको छ। बजेट खर्चको यो तस्बिरले प्रदेश र स्थानीय तहले संघबाट काम गर्न सिक्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिएका देखिन्छ।

लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई भन्योः सरकार वैध छैन

‘किर्ते हस्ताक्षर गरेर १६८ को १ अनुसारको सरकार दाबी गरिएको सरकार २ अनुसार पनि अहिले छैन,’ उनले भने, ‘फलतः यो सरकारको वैधानिकतामाथि प्रदेश प्रमुखले एक्सन लिनु पर्ने सुझाव गठबन्धनका तर्फबाट दिईएको छ।’

प्रदेश १ मा ८ सय ४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

प्रदेश १ मा शनिबार ४ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय १५ महिला र २सय १६ पुरुष छन्। पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ।

सांसद ‘बेपत्ता’ को अन्तर्य–सत्ता

माओवादी केन्द्रले शुक्रबार बिहानदेखि सांसद बिमला बेपत्ता भएको बताएको मात्रै छैन, सत्तारुढ एमालेले नै उनलाई बेपत्ता पारेको दाबी गरिरहेको छ। माओवादी केन्द्रका अनुसार यसमा ‘सत्ता टिकाउ’ को स्वार्थ जोडिएको छ।

सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिए

कवाडी सामान जुटाएर छाक टार्ने सुन्तले दमाईलाई ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ।

सम्पर्कविहीन भनिएकी सांसद बिमलाले भनिन्ः घाँटीको उपचारका लागि नेपालगन्जमा छु

सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्।

प्रदेश १ मा १ हजार १४४ कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ।

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए।

साना दललाई खुसी पार्न थ्रेस होल्ड हटाइँदै

साना दलहरूसमेत समेटेर गठबन्धनमार्फत सरकारमा पुगेको कांग्रेस नेतृत्वको वर्तमान सरकारले तिनै साना दलहरूलाई खुसी पार्न थ्रेस होल्ड हटाउने निर्णय गरेको हो। प्रदेश सरकारको निर्णयअनुसार प्रदेशसभामा पेस गरिने विधेयकलाई प्रदेशसभाले पास गरे साना दलहरूले पनि सुविधा प्राप्त गर्नेछन्।

प्रदेश १ मा १ हजार १सय ४ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेर्‍हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।

लुम्बिनी प्रदेश: सरकार सत्ता लम्ब्याउने र विपक्षी सत्ता ढाल्ने अन्तिम कसरतमा

अहिले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि भने पोखरेलल सरकार थप शंकट परेको छ। किनकी जसपाबाट मन्त्री बनाइएका ३ सांसदकै कारण अहिले सम्म पोखरेलको कुर्सी जोगीएको हो।

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश १ मा १ हजार १ सय ८० जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राजनितिक अस्थिरताले देश बन्दैन: निर्वतमान प्रदेश प्रमुख पौडेल

पौडेलले आफूलाई पदमुक्त गरेकोमा आफू कत्तिपनि दुःखी नबनेको बताइन्। समाज परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अप्नाएर अघि बढेकाले आफू पदमुक्त हुनुलाई स्वाभाविक मानेको भन्दै उनले अगाडि भनिन्, 'संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दुःखी बनाएको छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्