१० मंसिर २०८१ सोमबार
image/svg+xml

बजार खुल्यो, व्यापार अझै खुलेन

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन खुकुलो भएको महिना दिन नाघिसकेको छ। लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेको थियो। झन्डै तीन महिना बन्द रहेको बजार असारको सुरुताका खुल्दा बजारमा निकै चहलपहल देखिन्थ्यो। तर त्यो चहलपहलले बजारको व्यापार भने बढाउन नसकेको व्यवसायीको भनाइ छ।

सैलुन खोल्न माग राखेर इटहरीमा प्रदर्शन

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।

रोल्पा सदरमुकामको लकडाउन खुल्यो

रोल्पा नगरपालिका वडा नम्बर ४ गुरुङगाउँ र वडा नम्बर १० धवाङमा गत साता १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि गरिएको लकडाउन आज शुक्रवार दिउँसो एक बजे देखि खुला गरिएको छ।

'नागरिक आफैं सचेत भएनन् भने सरकारको आदेशले मात्रै संक्रमणलाई रोक्न सकिदैंन'

गम्भिर स्थिति देखिने वित्तिकै हामी ती ठाउँहरुलाई तुरुन्तै शिल गर्न सक्छौं। त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन्। भदौ १ गतेपछि लामो दुरीका यातायात र आन्तरिक तथा बाह्य उडान खोल्ने कुरा गर्नुपर्छ कि भन्ने लागेको छ। त्यसबेलासम्म संक्रमणले कुन रुप देखाउँछ सोही आधारमा हामी तय गर्छौं।

केराउ तस्करहरु फेरी सलबाउन थाले

लकडाउनका कारण फाटफुट मात्र अवैध रुपमा माल पास गराउने गरेका तस्करहरु अहिले फेरी सलबलाउन थालेका छन् । लकडाउन खुकुलो भए यता केराउ तस्करहरुले फेरी चोर नाका हुँदै भारत तर्फ केराउ पठाउन थालेका हुन् ।

एयरलाइन्सहरूको आन्तरिक तयारी तीव्र

सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तीव्र पारेका छन्।

लकडाउन खुलेसँगै सडकमा सवारी चाप(फोटो फिचर)

सरकारले लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। लकडाउन खुलेसँगै सुनसान राजधानीका सकडकमा सवारी चाप समेत बढ्न थालेको छ।

यातायात व्यवसायी असन्तुष्ट

सरकारले मंगलबार मध्यरातिबाटै लकडाउन अन्त्य भएको बताए पनि एक जिल्लाबाट अर्कोमा जान नदिइएकामा प्रदेश १ का यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन्।

सवारीसाधन गुडेपछि बढ्यो चहलपहल

सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।

'हचुवामै लकडाउन हटाइयो'

सरकारले मंगलबार राति एक्कासि लकडाउन खोल्ने कदमलाई विज्ञहरूले हचुवाको निर्णय भएको प्रतिक्रिया दिएका छन्। स्वास्थ्य मन्त्रालयले आफैंले पनि उच्च जोखिमकैबीचमा लडकडाउन खोलिएको बुधबारको नियमित बैठकमा संकेत गरेको छ।

लकडाउनमा आत्महत्या बढ्यो

महेन्द्रनगर सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन्।

'हचुवाकै भरमा हटाइयो लकडाउन'

सरकारले मंगलबार राति एक्कासी लकडाउन खोलेको कदमलाई विज्ञहरुले हचुवाको भरमा खोलेको प्रतिक्रिया दिएका छन् ।

टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध विद्यालयको पठन–पाठन सुचारु गराएको छ । लकडाउनका कारण शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले ७ वडाका टोल–टोलमा २७६ शिक्षक/शिक्षिकालाई पहिचालन गरेर बुधबारदेखि पठन–पाठन सुचारु गराएको हो ।

लकडाउन हटाइएपछि राष्ट्रपति भण्डारी चिन्तित, गरिन् यस्तो आग्रह

लकडाउन अन्त्य भएसँगै सडक, बजार, कार्यालय, सार्वजनिक सवारीसाधनहरूमा बढ्ने भिडले संक्रमण फैलिने जोखिम झन् बढ्ने निश्चित छ ।

लकडाउन अन्त्य

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न चैत ११ गतेदेखि लागु लकडाउन अन्त्य गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय २० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्