४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तिलामा बन्यो ५० बेडको क्वारेन्टाइन

तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। यहाँको सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको  भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो।

डोल्पाका स्वास्थ्यकर्मीले बनाए पीपीई

जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन्। कोरोना भाइरस (कोभिड-१९) ले देश लकडाउन भएको अवस्थामा स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टिकबाट व्यक्तिगत सुरक्षा उपकरण आफै निर्माण गरेर प्रयोगमा ल्याएका हुन। बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका पीपीई निर्माण गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिइन्।

१७ शैयाको आइसोलेसन सञ्चालनमा, स्वास्थ्यकर्मी र सामग्री अभाव

महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका चार स्थानमा १७ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।

पीपीईबिनै स्वास्थ्य जाँचमा स्वास्थ्यकर्मी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि खटाइएका स्वास्थ्यकर्मी आवश्यक सामग्रीको अभाव झेल्न बाध्य छन्। जिल्लाका स्वास्थ्यकर्मी पीपीई (पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट) लगायतका आवश्यक सामग्री अभावकाबीचमा बिरामीको स्वास्थ्य चेकजाँच तथा आवश्यक परामर्शका काममा खटिइरहेका छन्।

भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मी कुटिए

भारतबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै पुर्चोडी नगरपालिका–५, कुवाकोटका नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। भुमिराज मावि, काटै गहताडको क्वारेन्टाइनमा पसेर स्वास्थ्यकर्मीमाथि हातपात गरिएको हो।

क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालगन्जमा विशेष सतर्कता अपनाइएको छ। यसका लागि क्वारेन्टाइन, आइसोलेसन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ।

कोरोना कहर, सकसमा स्वास्थ्यकर्मी

सोमवार रोल्पा उद्योग बाणिज्य संघले आयोजना गरेको आकस्मिक सर्बपक्षिय बैठकमा जिल्ला अस्पताल रोल्पाका चिकित्सकहरुले आफुहरुसंग प्रयाप्त मास्क, ग्लोभ्स लगाएत कोरोनाको संक्रमणको आसंका गरिएका बिरामी जाच गर्दा लगाउने गाउन, बुट लगायतका पोसाक नभएको गुनासो गरे।

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले उक्त जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ।

चिनियाँ कार्यरत क्षेत्रमा बढी निगरानी

चिनियाँ कामदार कार्यरत उद्योगधन्दा र आयोजना क्षेत्र आसपास बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै निगरानी बढाइएको छ।

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

नोबेल कोरोना भाइरबाट सर्वसाधारणलाई सतर्क राख्न र चेतना जगाउन कार्यमा खटनु पर्ने भएकोले बिदामा नबस्न जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, कलैया अस्पताल प्रतिनिधि र १६ वटै स्थानीय तह मातहतमा रहेको स्वास्थ्य शाखा प्रमुखहरुसँग बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा गरिएको छलफलपछि स्वास्थ्यकर्मीहरुलाई बिदामा नबस्न निर्देशन दिइएको हो।

खुलेन बिरामीको कारण

फागुन १९ गते त्रिपुरसुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा रुघाखोकी र ज्वरोले घरैपिच्छे मानिसहरू थलापरेको समाचार नागरिक दैनिकमा छापिएपछि जिल्लामा सनसनी फैलियो।

जोखिम मोलेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र चीनबीच सञ्चालनमा रहेको रसुवागढी नाका अहिले सुनसान छ।

एक हजार ७ सय चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण, ६ जनाको मृत्यु

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक हजार ७ सय १६ जनामा भाइरसकाे संक्रमण भेटिएको छ। जसमध्ये ६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

हुबेईमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ।

गाउँमा न औषधि न स्वास्थ्यकर्मी

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो देखाएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्