स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु
भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।
भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन नै बाधक रहेको बताएका छन्। त्यसैले उनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन लागू नर्गन आग्रह गरेका छन्।
राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ।
गत साता इजरायलको एक रियालिटी सोले बौद्ध स्तुपामा सुटिङ हुनुअघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिबाट सुटिङपूर्व अनुमति लिए पनि जानकारी नगराएको भन्दै बौद्ध घ्याङ गुठीले सुटिङ रोक्यो। तत्काल उक्त रियालिटी सोमा आबद्ध फिल्मकर्मीहरूले लिखित रूपमा निवेदन दिएपछि बल्ल सुटिङ सुचारु भएको थियो।
गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
भूकम्प गएको साढे तीन वर्ष वितिसकेको छ। सरकारले २०७२ बैसाखको भूकम्पले क्षति पुगेका सार्वजनिक सम्पदा तथा निजी आवाश पुनः निर्माणका लागि दातासम्मेलनदेखि पुनर्निमाण प्राधिकरणसम्म गठन ग¥यो। तर राजधानी काठमाडौ कै केन्द्रमा रहेको महांकाल मन्दिरदेखि बसन्तपूरको कुमारी घर पुनर्निमाणको प्रतीक्षामा छन्।
नेपालका सम्पदाको संरक्षणमा जुटेका संरक्षणकर्मी रवीन्द्र पुरीले पनौती–४ चामखर्कमा बनाउन लागेको नमुना जातीय बस्ती ‘बोरिस–शंकर ग्राम’ को निर्माणमा एक समूहले अवरोध गर्न थालेको छ।
विदुर नगरपालिका–२ का अर्जुन शाही आफ्नै पौरखले साततले दरबार निर्माण गर्न पाइन्छ भनेर ढुंगा काट्ने सीप सिकिरहेका छन्। दरबार निर्माण गर्नलाई आवश्यक पर्ने कामदार स्थानीय स्तरमा नै उत्पादन गर्ने उद्देश्यले पुरातत्व विभागको आयोजनामा कालिगढ तालिम भइरहेको छ।
गत साउनमा ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा सवारी निषेध गर्ने योजना ल्यायो। सम्पदा क्षेत्रमा भएको अस्तव्यस्तता कम गर्न पाटन दरबार आसपासको करिब ५ किमी सडकमा ढुंगा छाप्ने योजना तय भयो।
विश्वका अद्वितीय स्मारकका धनी छौं हामी । प्रकृतिले पनि हामीलाई उसैगरी वरदान दिएको छ । सर्वोच्च शिखर संसारका कुनै मुलुकले पाएका छैनन् ।
काठमाडौं महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड ल्याएको छ। स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको भवन निर्माण मापदण्ड–२०७५ ले भने सम्पदा क्षेत्रमा प्रतिकूल देखिएको छ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र सँगैको गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ। जिल्ला समन्वय समिति गोरखाको बिहीवार बसेको बैठकले ऐतिहासिक धार्मिक धरोहर, नेपालको उद्गम थलो, पृथ्वीनारायण शाहको इतिहास गोरखा दबारलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णय गरी पर्यटन बोर्डमा पठाएको समितिका प्रवक्ता मानप्रसाद धितालले बताए।
खोटाङका नेकपाका सांसद एवं नेताको टोलीले त्रि–धार्मिकस्थल हलेसीलाई केन्द्रीय सरकार मातहतमा राख्नका लागि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमक्ष माग राखे
उदयपुरका सरोकारवालाहरूले प्राकृतिक सम्पदाको दोहन गरेका कारण बिपतका घट्ना बढ्दै गएको बताएका छन्।
पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ। ‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइ ३५ फिट र चार तलाभन्दा बढी हुन नहुने उल्लेख छ। भूकम्पका समयमा क्षतिग्रस्त घर पुनःनिर्माण गर्दा घरधनीले उचाइलगायतका पालना गर्नुपर्ने नियम बेवास्ता गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ।