६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस

गोरखा– गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र सँगैको गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ। जिल्ला समन्वय समिति गोरखाको बिहीवार बसेको बैठकले ऐतिहासिक धार्मिक धरोहर, नेपालको उद्गम थलो, पृथ्वीनारायण शाहको इतिहास गोरखा दबारलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णय गरी पर्यटन बोर्डमा पठाएको समितिका प्रवक्ता मानप्रसाद धितालले बताए।

पर्यटन बोर्डको समन्वय र जिल्ला समन्वय समितिको आयोजनामा मंगलवार राजधानीमा उक्त विषयमा छलफल भएको थियो। प्रवक्ता धितालले भने, ‘सबै गाउँपालिका र नगरपालिकाको समर्थनमा समन्वय समितिले पर्यटन बोर्डलाई लेखेर पठाएको हो।’ विश्व सम्पदा सूचीमा सूचिकृत भएपछि गोरखा दरबारको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटक अझै धेरै भित्र्याउन सक्ने अपेक्षा लिइएको छ।

गोरखा नगरपालिकाले पनि नेपालको इतिहासको उद्गम थलो भएकाले गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सिफारिस गर्नु उपयुक्त भएको जनाएको छ। नगर प्रमुख राजनराज पन्तले भने, ‘नेपाल चिनिएकै गोरखाले हो, हामीले विश्व सामु चिनिएको गोरखाको ऐतिहासिकता, धार्मिकता बचाउन सकेनौँ भने यहाँको भविष्य छैन, नगरपालिका पर्यटनमा विशेष जोड दिएर अगाडि बढेका बेला यो निर्णय निकै सान्दर्भिक छ।’ 

प्रकाशित: १४ भाद्र २०७५ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App