‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र
विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन ।
विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन ।
उचित संरक्षण नहुँदा खतराको सूचीमा राख्ने चेतवानी पाएको उपत्यकाको विश्व सम्पदा क्षेत्रको खतराको घण्टी टरेको छ।
सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भूक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपाको पुनर्निर्माणमा ढिलाइ समेत भएको छ। प्राधिकरणले सम्झौता बमोजिम अनुदान उपलब्ध नगराउँदा नगन्य मात्रामा सुरु भएको गुम्बा पुनर्निर्माणसमेत अलपत्र परेको छ।
राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा मुलुककै पहिलो सम्पदामैत्री व्यावसायिक भवन लगभग तयार भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रसँगै नजिकै रहेको यो भवन बाहिरबाट हेर्दा नै विशेष र आकर्षक देखिन्छ ।
सम्पदाको राजधानी भनेर चिनिन्छ उपत्यकालाई । तर, २०७२ बैशाखमा आएको भूकम्पले क्षति पुगेका सम्पदाको भने पुनर्निर्माण गर्न सकिएको छैन्।
बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।
काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मा लिएका ऐतिहासिक सम्पदा पुनर्निर्माणको विवाद टुंगिएको छैन् ।महानगरपालिकाले रानीपोखरी, र काष्ठमण्डपको जस्ता मुख्य सम्पदाको पुनर्निर्माणको जिम्मा लिएको छ।त्यसैगरी धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको छ ।
कक्षा ६ मा पढ्ने प्रजित श्रेष्ठलाई चित्र कोर्न असाध्यै मन लाग्छ । जब स्कूल विदा हुन्छ वा उनी फुर्सदमा हुन्छन्, तब उनको साथी बनेका हुन्छन्, रङ, कूची, कापी र कलम । यी वस्तुको सहायतामा उनी चित्र बनाउँछन् । अन्य साथीहरू बाहिर खेल्न हिँड्दा उनी आफैंले कोरेका चित्र हेर्दै कोठाभित्र रमाएका हुन्छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रको ‘बफर जोन’मा महर्जन विजनेस कम्प्लेक्सले ऐनलाई मिच्दै भवन बनायो । प्राचीन स्मारक ऐनले दिएको मापदण्डलाई मिच्दै बेसमेन्टको निर्माण र ३५ फिट अग्लो बनाएपछि सम्पदा बचाउ अभियान समूहले सरोकारवाला निकायलाई मापदण्ड कायम गराउन आग्रह गर्याे ।
पुरानो बस्ती वा नगरक्षेत्र कला वा वास्तुकलाका दृष्टिले महत्वपूर्ण हुन्छन् । त्यस्ता क्षेत्रमा निर्मित भवन र सम्पदा सांंस्कृतिक एवं सामाजिक दृष्टिकोणको प्रतिविम्ब र ऐतिहासिक काल खण्डलाई बोध गराउने निधि हुन् । तत्कालीन समयको उच्च प्राविधिक ज्ञान एवं संवेदनशीलता, तिनमा अंकित सीप एवं हस्तकलाको परिमार्जन र संवेगता सम्पदामा संलग्न हुन्छन् ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५ सय ९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४.९४ प्रतिशतको मात्रै पुनर्निर्माण भएको छ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन्।
काठमाडौँका केही अति महत्वपूर्ण स्मारक, जस्तै– काष्ठमण्डप, माजुदेवल, त्रैलोक्यमोहन नारायण मन्दिर र रानीपोखरी आदिलाई छाडेर धेरैजसो अन्य ठूला/साना स्मारक र दरवार क्षेत्रहरूभित्र पनि पुनर्निर्माण र जीर्णोद्धारका काम कतै भइसकेका छन् भने कतै हुँदैछन् । यस आर्थिक वर्ष २०७४/०७५ भित्र धेरै नै स्मारकको पुनर्निर्माण र जीर्णोद्धार भइसक्ने आशा गर्न सकिन्छ।
काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिले वाइफाइ जडान गर्न लागेको हो।
विश्व सम्पदा सूचीमा सूचीकृृत बौद्धनाथ स्तुपामा २०७२ को भूकम्पले क्षति पु¥याएको थियो । तर, अहिले यहाँ पुग्ने जो कोहीलाई पनि यो अनुमान लगाउन गाह्रो हुन्छ । किनकी स्तुपाले गत वर्ष नै ‘नयाँ अवतार’ पाइसकेको छ।