१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नाम्चेमा चार करोडको धार्मिक सम्पदा निर्माण हुँदै

सोलुखुम्बुको नाम्चेस्थित १५ रोपनी क्षेत्रफलमा छेङ्ग्युर तथा प्रार्थना चक्र, जलपार्क, स्तुपा र पेम्वाडोमा स्मृति पगोडाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकामा झण्डै चार करोड रुपैंयामा निर्माण भइरहेको धार्मिक सम्पदाको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

सम्पदा पुनर्निर्माणमा उदासीनता

पुरातत्व विभागले पुनर्निर्माणमा जे जसरी उदासीनता देखाएको छ, त्यसकै कारण भूकम्पले क्षतविक्षत पारेका अधिकांश सम्पदाको पुनर्निर्माण हुन सकिरहेको छैन । जे जति मात्रामा सम्पदा पुनर्निर्माण भएको छ, त्यसको गति पनि निकै सुस्त छ ।

सम्पदामाथि सधैँ खतराको घन्टी

सरकारले पुनर्निर्माणमा चासो नदिँदा युनेस्कोले नेपाली सम्पदालाई विश्वसम्पदा सूचीबाट हटाउने खतरा बढेको हो । करिब एक महिनाअघि पोल्यान्डमा भएको युनेस्को विश्वसम्पदा सम्मेलनको ४१ बैठकबाट जेनतेन भूकम्प प्रभावित सम्पदा खतराको सूचीमा पर्नबाट रोकिएका थिए ।

सम्पदा संरक्षणमा सकस

ललितपुर पाटन क्षेत्रलाई पुरानो र ऐतिहासिक सहर मानिन्छ । नेपाल भाषामा ‘यलः’ भनिने यो स्थान बरदेवले स्थापना गरेको इतिहासविद् बताउँछन् । अनुपम कला र संस्कृतिले धनी ललितपुर सहरबीच ऐतिहासिक प्राचीन पाटन दरबार क्षेत्र छ ।

ठडिँदै सम्पदा

ऐतिहासिक सम्पदा राष्ट्रको इतिहास, संस्कृति र सभ्यता हो । ०७२ को भूकम्पमा परी धेरैले आफन्त गुमाए, धेरै घरबारविहीन भए । सँगसँगै भूकम्पका कारण सम्पदामाथि पनि ठूलो क्षति पुग्यो ।

राष्ट्रपतिले गरिन् सम्पदा अवलोकन

भूकम्प गएको दुई बर्ष पूरा भएको दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रका सम्पदाको अवलोकन गरेकी छन्।

कहाँ पुग्यो सम्पदा पुनर्निर्माण

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण कार्यले पछिल्लो समय गति दिन थालेको छ । पुरातत्व विभागले काठमाडौं उपत्यकासहित भूकम्पप्रभावित २५ जिल्लाका पुरातत्विक सम्पदाको पुनर्निर्माण कार्य तीव्र पारेको हो ।

सम्पदा संरक्षणमा स्थानीयका चासो

त्रिपुरेश्वर क्षेत्रको पुरातात्विक तथा सांस्कृतिक सम्पदाको उचित पहिचान र संरक्षण नभएको स्थानीय बासिन्दाले बताएका छन्। त्रिपुरेश्वरको पाञ्चायन घाटदेखि टेकु पचलीघाटसम्मका सम्पदा जथाभावी प्रयोगले नाश हुन लागेको भन्दै उनीहरूको चिन्ता छ।

सम्पदा नबुझेका पर्यटक गाइड

पाँच महिनाअघि ललितपुर पाटन दरबारमा जर्मन पर्यटक घुमाउन आएका एक गाइडले दरबारको सुन्दरी चोकलाई सिद्धिनरसिंह चोक भनेर पर्यटकलाई सूचना दिए। गत फागुन २२ गते अर्का गाइडले सिद्धिनरसिंह चोकलाई मूर्तिचोक र गरुडको मूर्तिलाई सिद्धिनरसिंहको मूर्ति भन्दै पर्यटकलाई झुक्याए।

अघि बढेन रोकिएका सम्पदा पुनर्निर्माण

ठेकेदारको लापरबाही र बिनातयारी काम थाल्दा रोकिएका उपत्यकाका ऐतिहासिक सम्पदा पुनर्निर्माण अझै सुरु हुन सकेको छैन। अघिल्लो वर्षको भूकम्पले क्षति पुगेका ललितपुर बुङमतीस्थित रातो मच्छिन्›नाथ र मनकामना, पाटन मंगलबजारस्थित भाइदेग, काठमाडौं दरबार क्षेत्रस्थित त्रैलोक्य मोहन, थापाथलीस्थित जंगे हिरण्य मन्दिर लगायत सम्पदाको पुनर्निर्माण अहिले रोकिएको छ।

पुनर्निर्माणमा ठेकेदारको लापरबाही: सम्पदामा सिमल र सल्लो

ललितपुरको पाटन क्षेत्रका सम्पदा पुनर्निर्माण गर्दा काठ प्रयोगमा लापरबाही गरेको पाइएको छ। भूकम्पले ध्वस्त सम्पदा पुनर्निर्माण गर्दा पहिला अग्राख प्रयोग भएको ठाउँमा अहिले धमाधम सल्लो र सिमल प्रयोग गरिएको छ।

सम्पदा क्षेत्रका स्वप्नद्रष्टा

पाटन क्षेत्रका ऐतिहासिक सम्पदा जोगाउन र तिनलाई जीवित राख्न जुटिरहेका छन्, बुद्धिराज बज्राचार्य। यहाँका स्तुप, बिहार, चैत्य, मठमन्दिर, पाटीपौवा, ढुंगेधारा र पाटन दरबार क्षेत्रको संरक्षणमा उनी खटिएको देखिन्छ । पुराना ऐतिहासिक सम्पदाको मर्मतसम्भार, पुनर्निर्माण र संरक्षणका लागि उनी पहल मात्र गरेका छैनन्, त्यसको सुरुवात पनि आफैँबाट गरेका छन्।

सम्पदा पुनर्निर्माणमा सामग्री प्रयोग अलमल

भूकम्पपछि सम्पदा पुनर्निर्माण गर्दा भूकम्पप्रतिरोधी वा पुरानै शैली अपनाउने भन्ने विषयमा अलमल देखिएको छ। पुरातत्व विभागले भूकम्पप्रतिरोधी ढंगबाट सम्पदा पुनर्निर्माण गर्ने या पुरानै शैलीमा गर्ने भन्ने विषयको टंुगो लगाउन नसक्दा अलमल देखिएको हो।

सम्पदा क्षेत्र प्रवेश सडक अस्तव्यस्त

पाटन दरबार क्षेत्र प्रवेश गर्ने लगनखेल–मंगलबजार सडकका खाल्डाखुल्डीले सवारी र बटुवालाई अवरोध पुगेको छ। खाल्डाखुल्डीकै कारण सडकमा धुलो उड्न थालेको छ। 'चार वर्षअघि यो सडक व्यवस्थित थियो, तर हिजोआज खाल्डाखुल्डी र धुलोले हिँडिसक्नु छैन,' पाटन मंगलबजारका स्थानीय व्यापारी शम्भुगोविन्द ताम्राकारले नागरिकसँग भने, 'पर्यटक ओहोरदोहोर गर्ने मुख्य सडक यसरी अस्तव्यवस्त हुनु सरोकारवाला निकायको उदासीनता हो।'

सम्पदाको जगमा बियरका बोतल

विश्व सम्पदामा सूचीकृत वसन्तपुर क्षेत्रको एक मन्दिरको जगमा बियरका बोतल प्रयोग भएको पाइएको छ। अघिल्लो वर्षको भूकम्पले भत्किएको वसन्तपुरको माजु देगः मन्दिर छेकबारका लागि गाडिएको पोलको जगमा पुराना बियरका बोतल राखेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्