१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सम्पदा पुनर्निर्माणमा ताला

विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रको त्रैलोक्य मोहन मन्दिरको पुनर्निर्माण कार्य रोकिएको छ। स्थानीयलाई बेवास्ता गर्दै छेकबार गरी ठेकेदारले मनोमानी ढंगबाट पुनर्निर्माण कार्य अगाडि बढाएपछि स्थानीयले मंगलबार ताला लगाएर पुनर्निर्माण रोकेका हुन्।

सम्पदा पुनर्निर्माणमा पाँच देशले सघाउने

विनाशकारी भूकम्पबाट क्षति पुगेका पुरातात्विक महत्वका सम्पदा पुनःर्निर्माणका लागि विभिन्न मुलुकले सहयोग गर्ने भएका छन्। पुरातत्व विभागका अनुसार हालसम्म विभिन्न पाँच मुलुकले सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन्।

दुई शताब्दी पुरानो सम्पदा बेहाल

राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर महादेव मन्दिरको इतिहास दुई सय १४ वर्षभन्दा पुरानो छ। यसको प्रमाण हो, राजा रणबहादुर शाहकी माहिली रानी सुर्वणप्रभादेवीले त्यहाँ चढाएको घन्टा, जसमा १८५८ साल उल्लेख छ।

चार सम्पदा पुनर्निर्माणको तयारी

भूकम्पमा क्षतिग्रस्त सम्पदामध्ये चार वटा सम्पदाको पुनर्निर्माण गर्न भारतसँग अन्तिम चरणमा छलफल भैरहेको छ ।

सम्पदा निर्माण रोकियो

पुरातत्व विभागले प्राचीन सम्पदा पुनर्निर्माण मापदण्ड तयार पार्न नसक्दा पुनर्निर्माण थालिएका पाटन दरबार क्षेत्रमा पुनर्निर्माण रोकिन पुगेको छ । भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानो मापदण्ड फेरबदल गर्नुपर्ने भन्दै पुरातत्व विभागले वैज्ञानिक मापदण्ड बनाउने जनाएको थियो ।

‘सम्पदा पुनर्निर्माण ठेक्कामा नगरौं’

क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा पुनर्निर्माण ठेक्का प्रथाबाट नगरी सम्बन्धित निकायले नै गर्न सरोकारवालाले माग गरेका छन् । पुरातत्वविद्, स्थानीय युवा तथा अग्रज, विभिन्न दलका नेतालगायतले राजधानीमा गर्ने अन्तरक्रिया यस्तो माग राख्दै आएका छन् ।

सम्पदाको सौन्दर्य

सम्पदा सभ्यताका परिचायक हुन्।  हामीले साधारण ठान्ने गरेका हाम्रा सम्पदाले आश्चर्यजनक शैलीबाट इतिहास र संस्कृतिको सम्झना गराइरहेका हुन्छन्। साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन्।

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

पशुपति क्षेत्रका २१ सम्पदा पुनर्निर्माण सुरु

भूकम्पमा क्षतिग्रस्त पशुपति मन्दिर परिसरका २१ सम्पदा पुनर्निर्माण हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको बजेटबाट पशुपति परिसरका मठमन्दिर र सत्तलको जीर्णोद्धार र पुनर्निर्माण हुन लागेको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए ।

तीन सम्पदा पुनर्निर्माण पूरा

गत वर्षको भूकम्पमा ध्वस्त ऐतिहासिक तीन सम्पदा पुनर्निर्माण सकिएको छ। भक्तपुर नगरपालिका र पुरातत्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले ध्वस्त तीन सम्पदा पुनर्निर्माण सम्पन्न गरेका हुन्। भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने ऐतिहासिक मुख्यद्वार खौमा द्वार र ५५ झ्याले दरबारको दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरेको हो ।

सम्पदा पुनर्निर्माणका डेढ वर्ष

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको झण्डै डेढ वर्ष पूरा भइसकेको छ। त्यसबीचमा मुलुकको पहिचान र सार्वजनिक सम्पत्तिका रूपमा रहेका हाम्र्रा ऐतिहासिक एवं पुरातात्विक धरोहर के÷कति संख्यामा बनिसके, कति निर्माणाधीन अवस्थामा छन् अनि त्यस्ता सम्पदाको पुनर्निर्माण एवं पुराना बस्तीको पुनस्र्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण के–कस्तो अवधारणका साथ अगाडि बढिरहेको छ भन्नेबारे आमनागरिकमा गम्भीर चासो हुनु स्वभाविकै हो ।

बहु सांस्कृतिक सम्पदा नेपालीको साझा चिनारी: डा. भट्टराई

इटहरी- नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन्।

‘सात महिनामा सम्पदा पुनर्निर्माण गर्छौं’

काठमाडौं-पुरातत्व विभागले आगामी सात महिनाभित्र भूकम्पमा ध्वस्त सम्पदा पुनर्निर्माण गर्ने दाबी गरेको छ। विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै सम्पदा पुनर्निर्माणमा बाधक भएको आरोप समेत लगाएको छ।

पुनर्निर्माण नगरे पशुपतिका सम्पदा नासिने

गत वर्षको विनाशकारी भूकम्पले पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक क्षतिग्रस्त मठमन्दिरको तत्काल पुनर्निर्माण नगरे ती मठमन्दिरमा प्रयुक्त झ्याल, काष्ठकला, मूर्तिजस्ता बहुमूल्य सामग्री नष्ट भएर जाने सम्भावना देखिएको छ।

टेकु-थापाथली बाग्मती किनार सम्पदा मार्ग

काठमाडौं महानगरपालिकाले टेकुको बाग्मती–विष्णुमती दोभानदेखि थापाथली, कालमोचन घाटसम्म करिब साढे २ किलोमिटर सडकखण्डलाई 'सम्पदा मार्ग' (हेरिटेज वाकवे) बनाउन थालेको छ। पुराना सम्पदा संरक्षण गरी पर्यटन प्रवर्द्धन तथा स्वच्छ र सुन्दर नमुना क्षेत्र बनाउने भन्दै काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग निर्माण थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्