३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

सम्पदा पुनर्निर्माणमा उदासीनता

संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) ले यही सेप्टेम्बर १४ भित्र सम्पदा पुनर्निर्माण सुरु गर्न समयसीमा तोके पनि अहिलेसम्म कामको थालनी नहुनु दुभाग्र्यपूर्ण अवस्था हो । पुरातŒव विभागले पुनर्निर्माणमा जे जसरी उदासीनता देखाएको छ, त्यसकै कारण भूकम्पले क्षतविक्षत पारेका अधिकांश सम्पदाको पुनर्निर्माण हुन सकिरहेको छैन । जे जति मात्रामा सम्पदा पुनर्निर्माण भएको छ, त्यसको गति पनि निकै सुस्त छ ।

पुरातत्व विभागले पुनर्निर्माणमा जे जसरी उदासीनता देखाएको छ, त्यसकै कारण भूकम्पले क्षतविक्षत पारेका अधिकांश सम्पदाको पुनर्निर्माण हुन सकिरहेको छैन । जे जति मात्रामा सम्पदा पुनर्निर्माण भएको छ, त्यसको गति पनि निकै सुस्त छ ।

यसरी युनेस्कोले तोकेको समयमा सम्पदा पुनर्निर्माण सुरु नहुँदा उपत्यकाका सांस्कृतिक र धार्मिक सम्पदा खतराको सूचीमा पर्ने सम्भावना बढाएको छ । करिब डेढ महिनाअघि पोल्यान्डमा भएको विश्वसम्पदा सम्मेलनमा युनेस्कोले सेप्टेम्बरसम्म उपत्यकाका सबै सम्पदाको पुनर्निर्माण सुरु नगरे खतराको सूचीमा राख्ने चेतावनी दिइसकेको हो । सम्मेलनअघि नेपाल आएको युनेस्को टोलीले सम्मेलनबाटै उपत्यकाका सम्पदालाई खतराको सूचीमा राख्न सिफारिस गरेको थियो । सम्मेलनमा नेपालले समयमै पुनर्निर्माण सुरु गर्ने प्रतिबद्धता जनाएपछि खतराको सूचीमा पर्नबाट नेपाली सम्पदा जोगिएका थिए । तर, त्यसयता पनि सरकारले ती सम्पदा पुनर्निर्माणमा चासो नदिनुचाहिँ उदेकलाग्दो विषय हो । नेपालको अनुरोधमा तत्कालका लागि सम्पदा खतराको सूचीमा नपरे पनि निर्माण कार्य छिट्टै सुरु नगरेमा खतराको सूचीमा पर्नबाट जोगाउन गाह्रो हुनेछ । त्यसैले पनि सम्पदाको पुनर्निर्माण कार्य तत्काल अघि बढाउनुको विकल्प छैन ।

त्यसो त स्थानीय तहको निर्वाचनअघि कतिपय पुराताŒिवक सम्पदाको निर्माण कसले अघि बढाउने भन्ने विषयमा मोटामोटी योजना बनेको थियो । तर, स्थानीय तहमा जनप्रतिनिधि आएपछि कतिपय सम्पदा पुनर्निर्माणको सबालमा विवाद देखियो । यही विवादको सेरोफेरोमा सम्पदा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका सरोकारवाला पक्ष निर्माण कार्यबाट पछि हटे । जनप्रतिनिधिले पनि ती सम्पदालाई स्थानीय तहले नै निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जस्तो ः स्थानीय तहको निर्वाचनअघि धरहरा नेपाल टेलिकमले बनाउने प्रतिबद्धता जनाएको थियो । सम्पदा पुनर्निर्माणमा टेलिकमले एक अर्ब रकम धरहरा पुनर्निर्माणमा खर्चिने तयारी गरेको थियो । तर धरहरा पुनर्निर्माणका लागि त्यसभन्दा धेरै रकम लाग्ने भएपछि टेलिकम सञ्चालक समितिमा कुरा मिलेन । र, क्षमताभन्दा बाहिरको भन्दै टेलिकम धरहरा पुनर्निर्माण गर्ने प्रतिबद्धताबाट पछि हट्यो । यद्यपि अहिले धरहरा काठमाडौं महानगरपालिका आफंैले निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । वसन्तपुरस्थित काष्ठमण्डपको सवालमा पनि जनप्रतिनिधि आएपछि अवस्था परिवर्तन भएको छ । पहिला स्थानीय बासिन्दाको अगुवाइमा काष्ठमण्डप पुनर्निर्माण गर्ने अभियान सञ्चालन गरे पनि अहिले महानगर आफैंले बनाउने घोषणा गरेको छ । यद्यपि, स्थानीय सरकारले पनि पुराताŒिवक महŒवका सम्पदा पुनर्निर्माण कार्य अघि बढाइसकेको छैन ।

भूकम्पको दुई वर्षपछि पनि काठमाडौं, ललितपुर र भक्तपुर दरबार क्षेत्रका धेरैजसो सम्पदा टेकोकै भरमा रहनु लज्जाको विषय हो । पाटनको भीमसेन मन्दिर, मणिमण्डपका दुईवटा पाटी, पाटन दरबारको पुनर्निर्माण कार्य अझैसम्म अघि बढेको छैन । यता वसन्तपुर दरबार क्षेत्रका काष्ठमण्डप, माजुदेग मन्दिर, लक्ष्मीनारायण मन्दिर, दश अवतार मन्दिरलगायत सम्पदा पुनर्निर्माणको कार्य पनि अलपत्र छ । यतिसम्म कि यी सम्पदाको कसरी पुनर्निर्माण गर्ने भन्नेबारे पुरातŒव विभागले खाकासमेत तयार गर्न नसक्नु लाजमर्दाे अवस्था हो । त्यसो त पुनर्निर्माण सुरु गरिएका कतिपय सम्पदाको जे जसरी काम भइरहेको छ, त्यसले मौलिकता गुम्ने खतरा पनि उत्तिकै छ । पछिल्लो समय फस्टाउँदै गएको ठेक्का प्रथाले यस्तो समस्या आएको हो ।सम्पदा पुनर्निर्माण कार्य लम्बिँदै जाँदा विभिन्न स्वार्थ समूहले खेल्दै गएका कारण पनि काम धकेलिँदै गएको हो । काठ, पुराताŒिवक सामग्री र निर्माण सामग्रीको अभाव सम्पदा पुनर्निर्माण हुन नसक्नुको अर्काे मुख्य कारण हो । जस्तो कि ठेकेदारले निर्माण सामग्री अभाव देखाउँदै बुङ्मतीको रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण कार्य तत्कालका लागि रोकेको छ ।  पुनर्निर्माणमा ढिलाइ, उपयुक्त निर्माण सामग्रीको प्रयोग नगर्ने, सम्पदा क्षेत्रमा अग्ला भवन निर्माण, मौलिकताको ख्याल नगरी पुरानो शैलीलाई तोडमोड गर्ने प्रवृत्तिका कारण सम्पदाहरू खतराको सूचीमा पर्ने हुन् । त्यसैल सरकार गम्भीर भएर पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण कार्यमा तत्काल अघि बढ्नु जरुरी छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App