१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विद्यार्थीको भौतिक उपस्थिति रहने पठन–पाठन स्थगित

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पठन–पाठन बन्द गरेको छ ।

टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध विद्यालयको पठन–पाठन सुचारु गराएको छ । लकडाउनका कारण शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले ७ वडाका टोल–टोलमा २७६ शिक्षक/शिक्षिकालाई पहिचालन गरेर बुधबारदेखि पठन–पाठन सुचारु गराएको हो ।

चाम्लिङ भाषाको पठन–पाठनका लागि दुई लाख

चाम्लिङ राई भाषाको पठन–पाठनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ ।

टोलवस्तीमै शिक्षक पठाएर पठन–पाठन गर्ने तयारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ का कारण अवरुद्ध शैक्षिक क्रियाकलापलाई सुचारु गराउने तयारी थालेको छ ।

सकसमा चाम्लिङ भाषाको पठन–पाठन

चाम्लिङ भाषाको पठन–पाठन सञ्चालन गर्दै आएको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विद्यालयले प्रोत्साहन भत्ता तथा ढुवानी खर्च कतौटी भएको गुनासो गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा ‘मुन्दुम’

त्रिभुवन विश्वविद्यालयमा किरात जातीसँग सम्बन्धित ‘मुन्दुम’ विषयको पठन–पाठन हुने भएको छ।

भलपानी कक्षा कोठामा छिर्दा पठन–पाठन प्रभावित

वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत विद्यालयको पठन–पाठन प्रभावित भएको छ।

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द

खोटाङमा नमूना बिद्यालयकारुपमा स्थापित बिद्यालय आगलागीमा ध्वस्त बनेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि सोमबार राती लागेको आगोले ध्वस्त बनेको हो।

‘मास हिस्टोरिय’ले पठन–पाठन प्रभाबित

खोटाङ- छात्रामा देखिएको ‘मास हिस्टोरिय’का कारण खोटाङको हौंचुरस्थित शारदा माबिको पठन–पाठन प्रभाबित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्