ताप्लेजुङ अस्पतालमा थुनिएको भालुलाई बेहोस बनाएर वन कार्यालय पुर्याइयो
ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।
ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।
काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ।
२०६५ सालमा स्थापना भएको कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ वर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले ३५औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। जसमा ५० भन्दा बढी कर्मचारीले रक्तदान गरेका छन्।
ताप्लेजुङमा चालू आर्थिक वर्षको संघतर्फको पूँजीगत खर्चको अवस्था अत्यन्तै निरासाजनक देखिएको छ।
तीन महिना अघिसम्म कोषमा १५ हजार पाँच सय रोजगारदाता र दुई लाख ८६ हजार श्रमिक सूचीकृत रहेकोमा अहिले उक्त संख्या बढेर करिब १६ हजार पाँच सय रोजगारदाता र तीन लाख १० हजार योगदानकर्ता आवद्ध भएका छन्।
बाघको गणना गर्नको लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ।
एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।
बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबल विकासका लागि दुई वर्षको सम्झौता भएको छ।
दुई निकायले बेरोजगार युवालाई सीप सिकाएर पुँजी उपलब्ध गराई उद्यमी बनाउनका लागि सघाउने भएका हुन्।
केही दिनदेखि सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताको संख्या बढेपछि सेयर किनबेचको दोस्रो बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द्वपीडित एकल महिलालाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको बताएकी छिन्।