१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

द्वन्द्वपीडित एकल महिलालाई भत्ताको प्रयास जारी: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द्वपीडित एकल महिलालाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको बताएकी छिन्।

मानवअधिकारको लागि महिला, एकल महिला समूहको ५औं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले द्वन्द्वपीडित एकल महिलालाई भत्ता उपलब्ध गराउन आवश्यक पहलकदमी र प्रक्रियामा लागेको बताइन्। यसो हुँदा द्वन्द्वपीडित एकल महिलाको पीडामा मलम लगाउने राम्रो प्रयास हुने उनको भनाइ छ। एकल महिलालाई वर्गीकरण गरिनु हुन्न भन्दै मन्त्री रेग्मीले सबै एकल महिलाको हकहितको लागि आफू सधैं अग्रपंक्तिमा रहेर काम गर्न तयार रहेको विश्वास पनि व्यक्त गरिन्।

राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको बताउँदै मन्त्री रेग्मीले अधिकार प्राप्तिको लागि सबैले संघर्ष गर्नुपर्ने उनको भनाइ छ। मन्त्री रेग्मीले नियमावली र कार्यविधि बनाएर एकल महिला कोषलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा एकल महिला समुहकी संस्थापक अध्यक्ष लिली थापा, वर्तमान अध्यक्ष कुन्दा शर्मा लगायतले पनि आफ्नो धारणा व्यक्त गरेका छन्।

प्रकाशित: ११ पुस २०७८ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App