१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

फुटबल विकासका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबल विकासका लागि दुई वर्षको सम्झौता भएको छ।

साउदी अरबस्थित रियादमा आइतबार सम्पन्न सम्झौता अनुरूप नेपालमा उमेर समूहको फुटबल, रेफ्री विकास कार्यक्रम, लिग विकासमा साउदीले सहयोग गर्ने र एक अर्काबीच संयुक्त कार्यक्रम पनि सञ्चालन गरिने भएको छ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालबीच रियादमा आइतबार सम्पन्न एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। ‘साउदी अरबसँग पहिलो पटक यस किसिमको सम्झौता भएको हो। कतारपछिको ठूलो सहयोग साउदी अरबबाट हुनेमा विश्वस्त छौं।

उनीहरूले नेपालमा फुटबल विकासका लागि विभिन्न पक्षबाट सघाउ पुर्‍याउँदै छन्। धेरै आवश्यक पक्षहरू थपिने सक्ने सम्भावना पनि छ,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘सबैभन्दा महत्त्वपूर्ण पक्ष नेपालको लिगलाई स्तरोन्नति गर्न पनि साफको योगदान रहनेछ।’

दुवै पक्षले फुटबलका कार्यक्रमका लागि एकअर्कालाई आतिथ्य समेत गर्ने सम्झौतामा उल्लेख छ। दुवै पक्षले उमेर समूह (यु–१७, यु–२० र यु–२३) का मैत्रीपूर्ण खेल र अभ्यासका क्याम्प पनि सञ्चालन गर्ने भएका छन्।

रेफ्री प्रशिक्षण कार्यक्रमअन्तर्गत भारको प्रयोग, रेफ्रीको विकास र शिक्षा लगायत विभिन्न पक्षका कार्यक्रममा दुवै राष्ट्रमा आयोजना गरिने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता अनुरूप युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना हुनेछन्।

त्यस सम्झौताअघि एन्फा अध्यक्ष शेर्पाले गत शनिबार एसियन फुटबल कन्फेडेरेसन (एएफसी) का महासचिव दातो विन्डसर जोन र सहमहासचिव वाहिद कर्दनीसँग भेटवार्ता गरेका थिए। त्यो भेटपश्चात् एएफसीले एन्फाका लागि प्राविधिक सहयोग कोषलाई निरन्तरता दिने प्रतिबद्वता जनाएको छ। 

प्रकाशित: ४ माघ २०७८ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App