२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्स ३५औं वर्षमा

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले ३५औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। जसमा ५० भन्दा बढी कर्मचारीले रक्तदान गरेका छन्।

त्यस्तै देशभरमा ३४ वटा वृद्धाश्रममा खाना खुवाउने तथा कर्मचारीमाझ विभिन्न खेलकुद कार्यक्रम समेत गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले विगतका वर्षसरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ। यही आवको मुनाफाबाट कम्पनीले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लगिने कम्पनीले जनाएको छ।

कम्पनीको जीवनबिमा कोषमा ५० अर्ब रूपैयाँको हाराहारीमा रकम जम्मा भएको छ। कम्पनीको चुक्तापुँजी तीन अर्ब ३९ करोड रूपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी चार अर्ब तीन करोड रूपैयाँ पुग्नेछ।

प्रकाशित: ११ फाल्गुन २०७८ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App