१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङ अस्पतालमा थुनिएको भालुलाई बेहोस बनाएर वन कार्यालय पुर्‍याइयो

ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटनरी प्राविधिक किरणराज रिजालको नेतेत्वमा आएको टोलीले भालुलाई लठ्याएर बक्सामार्फत् अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्‍याइएको हो।

रिजालका अनुसार यसलाई हिमालयन् कालो भालु भनिन्छ। ३ प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पताल परिसरबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए। उनका अनुसार वयस्क यो भालु करिव ७० किलोग्राम तौल र ५ फिट लम्बाइको रहेको छ।

बेहोस अवस्थामा रहेको भालु पुन साविककै प्रक्रियामा फर्कन करिव १ घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार र प्रस्तुतिका आधारमा थप निर्णय लिने राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ।

गत बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाइ अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थिए। डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चिवनबाट प्राविधिक झिकाइ भालुलाई सुरक्षित ढंगले बासस्थानमा फर्काउने प्रयास सुरु गरिएको छ। 

प्रकाशित: २२ फाल्गुन २०७८ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App