सिक्टामाथि छानविन गर्न गाउँपालिकाको माग
राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना ‘नाजुक’ अवस्थामा रहेको भन्दै गुणस्तर छानविन गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग माग गरेको छ। राप्तीसोनारी–२ स्थित अगैयामा हेडवर्क्स रहेको उक्त आयोजनाको पश्चिम(दायाँ) मुल नहर वडा नम्बर २, ८ र ९ हुँदै निर्माण गरिएको छ।