कालोपत्रेको गुणस्तरमा अख्तियारको छानविन
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–बिजुले सडक खण्डमा काम सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–बिजुले सडक खण्डमा काम सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।
पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिक मृत्यु भएको घटनाको आन्तरिक छानबीन थालिएको छ।
यहि पुस ७ गते प्रहरीले गोली हानी हत्या गरिएका म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। शुक्रबार मृतकका वुवा हरिबहादुर ऐडीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँभन्दै ज्ञापनपत्र बुझाएका हुन्।
डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ। उनको मुद्दामा आजनै फैसला हुने छ। डा. केसी सोमबार पक्राउ परेका थिए।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।
स्वास्थ्यमन्त्री दिपक बोहोराले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट स्वीकृति नलिईकनै भएका भवन निर्माणको छानविन प्रतिवेदनमा छलफल गर्न सिनेट बोलाउँदा पदाधिकारी बिदामा बसेको बताएका छन् ।
संसदको वातावरण संरक्षण समितीले सरकार र फेवातालसँग सरोकार राख्ने सबै मन्त्रालयलाई फेवातालको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। समितिको बैठकले फेवातालको संरक्षण एवं व्यवस्थापनका सम्बन्धमा हालसम्म भएका छानविन समितीको सुझाव र सिफारिसलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो। समितीका सचिव सुरजकुमार दुराद्वारा जारी विज्ञप्ति अनुसार फेवातालको किनारमा सञ्चालित फिस्टेल लजलगायत अन्य होटलको सम्बन्धमा छुट्टै अध्ययन गरी निष्कर्षमा पुग्न समेत निर्देशन दिएको छ ।
गत शनिबार लुक्ला विमानस्थलमा भएको समिट एयरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।
नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने कसरत भइरहेका बेला समर्थनका लागि मधेसी मोर्चाले अगाडि सारेका तीन सर्तमध्ये एउटा थियो– मधेसी मोर्चा र संघीय गठबन्धनको मधेस आन्दोलनक्रममा भएका हिंसा, हत्या, आगजनी र तोडफोडबारे छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने। सर्तको दोस्रो बुँदामा यो विषय राखिएको थियो।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात पक्षबाट भएको गोली प्रहारको घटनाको छानविन गर्न महासंघले माग गरेको छ।
नेकपा एमालेले सप्तरी घटनाको छानविन गर्न माग गरेको छ। एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव इश्वर पोखरेलले सप्तरी घटनाको राष्ट्रिय मानव अधिकार आयोगलाई छानविन गर्न आग्रह गरे।
चीनको एक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटाउने गरि नेपाल भ्रमण प्याकेज बनाएको भन्दै उपराष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ।
सरकारले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ। अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो।
मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।