९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

काठमाडौं- अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको लगायतका विषमा अनुसन्धान हुनुपर्ने केसीले बताएका थिए।

केसीलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनले बयान दिएका थिए।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा आँच पुर्‍याउने भएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।

प्रकाशित: २५ पुस २०७४ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App