१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नगरप्रमुख खत्रीलाई छानविन गर्न वडाअध्यक्षको माग

सिन्धुली- कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री विवादमा परेका छन्। नगरप्रमुख खत्रीले एकलौटी निर्णय गरेको भन्दै उनका निर्णयहरु विवादित  भएका हुन्। नगरपालिकाले गरेका प्रत्येक योजनामा आर्थिक अनियमितता भएको भन्दै केहि वडा अध्यक्ष तथा वडा सदस्यहरुले छानविन गर्न माग गरेका छन्।

नगरपरिषद्ले अनुमती र स्विकृत गरेको योजना विपतिर केहि कर्मचारीसँग मिलेर आर्थिक अनियमितता गरेको भन्दै नगरप्रमुख खत्री समक्ष ६ जना वडा अध्यक्ष तथा नगरपरिषद् सदस्य तथा कार्यपालिका सदस्यले ज्ञापन पत्र बुझाएका छन्। 'नगरपरिषद्लाई गुमराहमा राखेर कतिपय विषयहरुमा नगरप्रमुखले आफ्नै मनोमानी ढङगले  आफुलाई सर्वमान्य र सर्वाधिकार सम्पन्न भन्ने गलत मान्यताबाट अभिप्रेरित भई कर्मचारीलाई समेत दबाबमा राखेर आर्थिक कारोबारमा नीजि स्वार्थ पुरा गर्ने तर्फ लागेको देखियो', कमलामाई नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष उज्ज्वलकुमार थापाले भने,' नगरप्रमुखले कर्मचारीहरुसँगको मिलेमतोमा गरेका आर्थिक अनियमितता सहितको गैरकानुनी कार्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।'

 कमलामाई नगरपालिकाका वडाअध्यक्षहरु वडा नं. १ का महेशराज खतिवडा, ४ का महेन्द्रप्रसाद ढकाल ५ का पुर्णबहादुर खड्का, ६ का उज्ज्वलकुमार थापा कनपा १३ का किरण माझी १४ का जितलाल माझी, नगरकार्यपालिका सदस्य कान्ता ढकाल, नगरपरिषद् सदस्यहरु अच्युतम ढकाल, तुलसी गौतम र शम्भु राउतको संयुक्त हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका हुन्। नगरपालिका भित्र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले १० बुँदे माग सहित यस्तो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा सवै वडाध्यक्षलाई नबोलाई गोप्य रुपमा निर्णयहरु गरेको, कार्यालयले गर्ने विभिन्न गतिविधिमा भएको खर्च विवरण सार्वजानिक गर्नुपर्ने नगरप्रमुख उपप्रमुखले छनौट गरेका योजनाको खर्च विवरण सार्वजानिक गर्नुपर्ने लगायत १० बुँदे माग राखेका छन्। आफुहरुको माग सात दिन भित्र सुनुवाई हुनुपर्ने र सुनुवाई नभए आन्दोलन गर्ने उनिहरुको चेतावनी छ।

प्रकाशित: १६ श्रावण २०७५ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App