२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतालाई लाभ हुने खालका आयोजनाहरूमा बजेट विनियोजन गर्न सांसदहरूको माग

राष्ट्रिय सभा सदस्यहरूले एक निर्वाचन क्षेत्रमा कम्तीमा चार र जिल्लामा ८आयोजनामा अनिवार्य बजेट विनियोजन गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। सांसदहरूले सङ्घीय सरकारले संविधानको भावना अनुरूप बजेट विनियोजन नगरेको आरोप लगाए।

सरकारले साना, खुद्रे आयोजनाहरूमा समेत एक लाख बजेट छुट्टाएर बस्नु राम्रो नभएको बताए।सांसदहरूले सङ्घीय सरकारले जनतालाई लाभ हुने खालका आयोजनाहरूमा आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजन गर्न आवश्यक रहेको बताए। सरकारले कृषिलाई पर्याप्त बजेट विनियोजन नगरेको दाबी गरे। 

प्रकाशित: १९ असार २०८१ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App