१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुर्व्यवहार, न्यूयोर्क प्रहरीको सर्वत्र आलोचना

संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ।

जब आयो सलह...

खोटाङका कतिपय बुढापाकाको मुखमा यो सवाई अहिले पनि झुण्डिरहेको छ । सलहको प्रशंग आउँदा ८० देखि ८५ वर्षमाथि उमेरका वृद्धवृद्धाले यो सवाई भाका मिलाएर सुनाउने गरेका छन् ।

क्वारेन्टिनबाट घर फर्केका वृद्धको मृत्यु

दुई साता क्वारेन्टिनमा बसेर घर फर्केका एक वृद्धको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ६८ वर्षीय वृद्धको शािबार मध्यराति मृत्यु भएको हो ।

आर्थिक वृद्धि सुदूरपश्चिमको उच्च, बागमती कम

चालु आर्थिक वर्ष ०७६/०७७ मा सुदुर–पश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहेको छ। कोभिड–१९ को प्रभावले सबै प्रदेशको आर्थिक वृद्धि खुम्चीएपनि गत आवको तुलनामा चालु आवमा सुदुर–पश्चिम प्रदेशले सबैभन्दा अधिक आर्थिक वृद्धि गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वृद्धिमा कृषिको योगदान १० प्रतिशत बढ्ने

कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को आर्थिक वृद्धिमा कृषिको योगदान ३२.७ प्रतिशत रहने अनुमान छ । गत आवमा यो २१.२ प्रतिशत थियो ।

अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चने

सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि कोरोना भाइरसको असरका कारण अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चिने देखिएको छ।

आर्थिक वृद्धि २.३ प्रतिशत, प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर

सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा चालु आवको आठ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन लगायतका विषयमा जानकारी गराउँदै यो वर्ष आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशत खुम्चीने बताएका हुन्।

वृद्धाश्रमलाई खाद्य सामग्री सहयोग

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला समस्यामा परेका राजधानीका दुई वृद्धाश्रमलाई मानवअधिकार तथा शान्ति समाजले खाद्य सामग्री सहयोग गरेको छ।

आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै

मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्ने तथ्यांक विभागले जनाएको छ।

वृद्धभत्ता ठगी गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा एक वृद्धासँग वृद्धभत्ता रकम ठगेर लगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–४ चनइ बस्ने ४५ वर्षीय अमिन मिया रहेका छन् । मियाले ३ दिनअघि शिवराज–६ सुगानगर की ७८ वर्षीया तिर्था यादवको १२ हजार वृद्धाभत्ताको रकम ठगेर लगेका थिए ।

जब मेयरले काखमा नानी च्यापेर पानीमा रुझ्दै हिँडेको देखे...

आइतबार साँझ गोरखा नगरपालिका बाह्किलो भन्ने ठाउँमा ११ जना मजुदर झोला, बोरा बोकेर आँबुखैरेनी–गोरखा राजमार्गमा हिँडिरहेका थिए । गाडीको आवाज सुन्नसाथ उनीहरुको कान ठाडो हुन्थ्यो । कुनै दायालु मान्छे भेटिए ट्रकमै चढाएर लगिदिन्थ्यो कि भन्ने आशा उनीहरुमा थियो ।

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण

मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो ।

वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण

विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्