१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

शिक्षकलाई मात्र दोष थुपारेर अन्य जिम्मेवारीबाट पन्छिन मिल्दैन: यज्ञबहादुर बुढाक्षेत्री

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पुर्‍याउनुपर्ने बताएका छन्।

पर्यटकको आगमनमा सुधार

अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल भित्रिनेको संख्या सन् २०२१ को पहिलो महिनाको तुलनामा ९१ प्रतिशतले बढेको छ।

मुलुकको जनसांख्यिक चित्र

जनसंख्या वृद्धि दरमा कमी आउनुलाई स्वाभाविक मानिएको छ। बढ्दो शैक्षिक अवस्था, घट्दो प्रजनन दर, बढ्दो बाह्य बसाइँ सराइ, सामाजिक चेतनामा वृद्धि, लैंगिक विभेदमा आएको कमी तथा विवाहको सरदर उमेर बढ्दा जनसंख्याको सरदर वार्षिक वृद्धि दर प्रभावित भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका संशोधन: दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अबदेखि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै सबैले पारिश्रमिक पाउने बताए।

कोरोनाकालमा कोचिङको कहर

बालबालिकालाई केका लागि र किन कोचिङ कक्षामा राखिएको हो भन्ने जानकारी नभए पनि सूचनामा बोल्ड गरिएका ठूला अक्षरमा आकर्षक खाजा र यातायातको व्यवस्था स्कुलले नै गर्ने कुराले भने एक किसिमको आकर्षण सिर्जना गरेको थियो।

अस्पतालमा बढ्न थाले संक्रमित

‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ ।’

तत्कालै लकडाउन नहुने

समितिको निर्णयअनुसार सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा सामाजिक क्रियाकलापमा धेरैको उपस्थिति हुनेगरी कार्यक्रम गर्ने, गर्नैपर्ने कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्ने, भेला तथा महोत्सव आयोजना नगर्नेगरी गृहले सिफारिस पठाउनुपर्नेछ।

उपत्यकामा ट्याक्सी भाडा बढ्यो

यातायात व्यवस्था विभागले २०७५ असोज ७ गते ट्याक्सीको भाडा समायोजन गरेको थियो। त्यो बेला ट्याक्सीको प्रतिकिलोमिटर ३९ रूपैयाँ कायम गरिएको थियो। फ्ल्याग १४ रूपैयाँ कायम गरिएको थियो। प्रति २०० सय मिटरमा ७ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। मन्त्रालयले ट्याक्सीले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने व्यवस्था गरेको छ।

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्।

भ्याटमाथि खेलाँचीः व्यवसायीले छल्ने, सरकार मौन

पछिल्लो समय राजस्व अनुसन्धान विभागले दिनहुँजसो अदालतमा हाल्ने मुद्दामध्ये ९० प्रतिशतभन्दा बढी भ्याट छलीकै भएको देखिएकाले पनि यसको भयावह रूप प्रस्ट हुन्छ ।

७७ वर्षीया महिलामाथि बलात्कारकाे घटनामा जनप्रतिनिधिले नै मिलापत्र गरेको खुलासा

कैलालीको घोडाघोडी नगरपालिका ४ मा ७७ वर्षीया वृद्धालाई बलात्कार गरिएको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको खुलासा भएको छ। जनप्रतिनिधिसहित गाउँका टाठाबाठाहरु बसेर पीडितलाई ३ लाख रुपैयाँ दिने सहमतिमा वृद्धा महिलालाई बलात्कार गरेको घटना गुपचुप राखिएको थियो।

थप २४ जनामा ओमिक्रोन पुष्टिः संक्रमण दर ५ प्रतिशत नाघ्यो

विभिन्न सीमा नाकाबाट प्रवेश गरेकाहरूमा कोरोना पुष्टि हुने क्रम बढ्नु र भारतमा ओमिक्रोन भेरिएन्टको संक्रमण उच्च दरमा वृद्धि हुनुले नेपालमा कोरोना संक्रमण पुनः बढ्न सक्ने अवस्था देखिएको मन्त्रालयले संकेत गरेको छ।

६ वाणिज्य बैंकको प्रतिफल निक्षेपको ब्याजभन्दा थोरै

आर्थिक वर्ष २०७७/७८ को कमाइबाट १० प्रतिशतभन्दा थोरै लाभांश वितरण गर्ने घोषणा गरेका वाणिज्य बैंकहरूमा सिभिल, नेपाल एसबिआई, सेञ्चुरी कमर्सियल, कुमारी, सनराइज र एनसिसी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्