९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

शिक्षकलाई मात्र दोष थुपारेर अन्य जिम्मेवारीबाट पन्छिन मिल्दैन: यज्ञबहादुर बुढाक्षेत्री

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पुर्‍याउनुपर्ने बताएका छन्। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उनले शिक्षकलाई दोष दिई शैक्षिक गुणस्तरमा प्रश्न उठाउन मिल्दैन भने।

“शिक्षकलाई मात्र दोष थुपारेर अन्य पक्ष जिम्मेवारीबाट पन्छिन मिल्दैन”, उनले भने, “सबैका आ–आफ्ना परिभाषित जिम्मेवारी छन्, सबैले ती जिम्मेवारी पूरा गरे सामुदायिक विद्यालय नमूना बन्न सक्छन, सबैको सहकार्यबाट सकारात्मक नतिजा आउँछ।”

भेरीगङ्गा नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले प्रदेश सरकारबाट पालिकामा भए गरेका विकास निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले चालु आर्थिक वर्षको पहिलो चरणमै सामुदायिक विद्यालय भवनको शिलान्यास सुरु भएको जनाउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न विद्यालय व्यवस्थापन र उपभोक्ता समितिलाई आग्रह गरे। कार्यक्रममा नगरउप्रमुख उपप्रमुख रेणु आचार्य, वडाध्यक्ष मानबहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  

कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ। एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो।

टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताए। अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो) सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको उनको भनाइ छ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महसुल बुझाउन वा रिचार्ज गर्न सकिनेछ। एफटीटीएच सेवामार्फत भ्वाइस, डाटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नेपाल टेलिकमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। टेलिकमको यो सेवा ४२ जिल्लामा विस्तार भइसकेको छ।

एनटी टिभी विस्तारले प्रदेश सरकारको डिजिटल कर्णाली स्थापना गर्ने अभियानमा सहयोग मिल्ने टेलिकम प्राविधिकको विश्वास छ। टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवासँगै फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराएको हो। टेलिकमका प्रादेशिक निर्देशक मल्लिकले तामाको तारबाट चल्ने परम्परागत टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरी अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने अभियानमा जुटेको बताए।

टेलिकम सुर्खेत कार्यालयका प्रमुख सन्तोष शर्माले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीन थरी सेवा उपलब्ध हुने एफटीटीएच सेवाको विस्तारसँगै मर्मत र निरन्तरतामा पनि ध्यान दिने प्रतिबद्धता जनाए। सुर्खेतमा टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवाका ग्राहकको संख्या करिब छ हजार पुगेको छ। “एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेका छौँ”, सुर्खेत कार्यालय प्रमुख शर्माले भने, “टेलिकमको एनटिभी सेवाले सहरी सौन्दर्य कायम राख्न सघाउ पुर्‍याउनेछ।” यसैबीच टेलिकमले आइतबार एनटी टिभी सेवाका पहिलो ग्राहक वीरेन्द्रनगर–१० खजुराका अमृतबहादुर रानालाई सम्मान गरेको छ। रासस

प्रकाशित: २ फाल्गुन २०७८ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App