३ मंसिर २०८१ सोमबार
image/svg+xml

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्।

अन्नपूर्ण–धौलागिरि पदमार्गले फेरिएको टिकोट गाउँ

‘पदमार्गले नछोउञ्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहुँ जसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन्’, उनले भने, ‘गाउँमा होमस्टे (घरबास सेवा) सञ्चालन भएका छन्, स्थानीय उत्पादनको बिक्री बढेको छ, गाउँलेको आम्दानीमा वृद्धि भएको छ।’

बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।

‘भारतबाट घर पुगेकै राति श्रीमान् खोसिए’

जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो।

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’

फोहोर व्यवस्थापनमा जुट्यो फाकफोकथुम

फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ।

छोराले काठको पिर्काले हिर्काउँदा बाबुको मृत्यु

त्रिबेणी गाउँपालिका–४ पोखरी बस्ने वर्ष ५४ को मानसिंह घर्ति र छोरा वर्ष २३ को सन्दिप घर्ति दुवैले आफ्नै घरको भान्सा कोठामा सँगै बसेर मदिरा सेवन गरी घरायसी कुरामा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ।

मेलौलीमा दुई र सुर्नयामा एक दिन सार्वजनिक विदा

मेलौली नगरपालकाले कार्तिक २१ र २२ गते दुई दिन सार्वजनिक विदा दिएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरि दुई दिन सार्वजनिक विदा दिइएको नगरपालिकाले जनाएको छ।

धारा निर्माण भएको आठ महिनासम्म पनि पानी आएन

'धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो', उपाध्यायले भने, 'यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए। हामी फेरि कुवाकै भर पर्नु परेको छ।'

माछापुच्छे अलैँची जोनको अनुगमन

माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।

वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिको घरघरमै गएर स्वास्थ्य परीक्षण गर्दै मैवाखोला

पालिका अध्यक्ष वनेमले आफुले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गरेको घोषणा अनुसार अभियान प्रारम्भ भएको बताए।

करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ।

भाइरल पुलको वास्तविकता

‘त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन। बाढीपहिरोले पुलको आधा भागको लठ्ठाबाहेक सबै बगाएको थियो।' मल्लले भने, 'पुलमा लठ्ठामात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भर्‍याङबाट भए पनि पुलमा आउ-जाउ गर्न सहज बनाइदिएको हुँ।'

उत्तरी गोरखाबाट एक सिकिस्त बिरामीको समाजसेवी बजगाईको सहयोगमा उद्धार

हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो। खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए।

‘राहतको पखाईमा बित्यो वर्ष दिन’

‘बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो। हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ’, उनले भने, ‘आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन्। ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्