राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो
खोटाङको रावाबेंसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ।
खोटाङको रावाबेंसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ।
केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।
‘किसानका लागि सिँचाईत अमृत बराबर हो, सिँचाई,सुविधा पुगेपछि धेरै किसानहरू खुसी छौं,’ उनले थपे।
भ्रष्टाचार मुद्दामा पक्राउ परेका यादवमाथि अख्तियारले विशेष अदालतबाट म्याद थप गरेसँगै उनी पदबाट निलम्बित भएका हुन्।
उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।
मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।
उपत्यका भन्नेबित्तिकै धेरैलाई ठुला सहरको सुगम बस्तीजस्तो लाग्छ। राजधानीसँगै भक्तपुर र ललितपुरलाई समेटेर काठमाडौं उपत्यका भनिएकाले पनि यी जिल्ला सुगम मानिएका हुन्। तर ललितपुरमा पर्ने वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन भने आफूहरूले अझै पनि कर्णालीको जस्तै पीडा भोग्न बाध्य रहेको सुनाउँछन्।
हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण प्रशासकीय अधिकृत बस्न नसकेको कर्मचारीहरुको भनाइ छ भने जनप्रतिनिधिलाई नटेरेपछि प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा भएको जनप्रतिनिधिहरु बताउँछन्।
इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।
टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।
जुम्लाको गुठिचौर गाउँपालिकाभित्र मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधि बनाएर गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरेपछि मात्र बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) दिनुपर्ने व्यवस्था गरेको हो।
‘किसानका लागि गाउँपालिकाले गोठ सुधार कार्यक्रम ल्याएका छ तर यसमा सहभागी हुन कोही आउनुहुन्न,’ उनले भने ‘गतवर्ष छुट्याएको ५० लाख बजेट त्यतिकै छ।’
ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।
हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।
बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।