१० असार २०८१ सोमबार
image/svg+xml
समाज

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।

सो सार्वजनिक यातायातले पालिकाको सबै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरूलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने छ।  गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए।

‘पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ। यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौं।’

गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ।

अध्यक्ष विश्वकर्माले कृषि एम्बुलेन्सले कृषकहरूले उत्पादन गरेको वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्‍याइदिने गरेको बताए। गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ थियो।  

प्रकाशित: ११ भाद्र २०८० ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App