२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बढैयाताल गाउँपालिका-१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्। घरबाट करिब पाँच सय मिटर टाढा धान खेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८० ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App