२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

दुईचार हजारमा बिक्ने मान्छे सिधै नर्क जान्छ: महाविर पुन

म्याग्दी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। म्यादी क्षेत्र नम्बर १ मा मत माग्ने क्रममा उनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका हुने बताएका हुन्।

पुनले मतदातालाई सम्बोधन गर्दै,  ‘दुईचार हजार, पाँचसात हजार वा आठदश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ। किनभने उसले भविष्यको हाम्रो छोरानातिलाई सिधा धोका दिएको हुन्छ। अहिले पैसामा बिक्नु भनेको छोरा-नातिले दुःख पाउनु हो।’ उनले मत माग्ने क्रममा भनेका छन्।

उनले पैसामा मत बेच्दा आउँदाे पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन्।  ‘छोरा-नातिको श्राप लाग्छ। पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ र केके गरेर कुटाइ खान्छ।’ उनले भने।  

प्रकाशित: १६ माघ २०८२ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App