४ मंसिर २०८१ मंगलबार
image/svg+xml

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकप्टर चार्टर गरेर पैसा ढुवानी

‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौँ’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने। पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भइरहेको उनले बताए।

बाढी पीडितलाई पानीका पाइप वितरण

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ।

बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा पहिलो

ताप्लेजुङका स्थानीय तहहरुको आर्थिक वर्ष २०७७/०७८ को बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा गाउँपालिका अब्बल देखिएको छ।

जातिय झाँकीसहित विविध कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

रोल्पामा एक इञ्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियारको टोलिले गोप्य सूचनाका आधारमा गंगादेव गाउँपालिकामा कार्यरत इञ्जिनियर नवीन डाँगीलाई पक्राउ गरेको हो।

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

इलामको सन्दकपुरमा ट्र्याक्टर र ट्रकमा गोलिया बोक्न नपाइने

सन्दकपुर गाउँपालिकाले पालिकाका सबै वडामा ट्र्याक्टर र ट्रक चल्न रोक लगाएको छ। बर्खामा ट्र्याक्टर र ट्रकले सडक बिगारेर अनिवार्य आवश्यकता समेत पूरा गर्न समस्या देखिएको भन्दै गोलिया ढुवानीमा ट्र्याक्टर र ट्रक प्रयोग नगर्न गाउँपालिकाले सूचना गरेको हो।

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

एक साता बन्द हुने बेँसीसहर-चामे सडक

बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।

सुख्खा पहिरोबाट घाइतेको उपचार हुँदै

मंगलबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–७ लामाबगर नजिकै गएको सुख्खा पहिरोबाट घाइतेको प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा भएको छ।

व्यक्तिको जग्गामा गाउँपालिकाको सभाहल

सार्वजनिक जमिनमा सरकारी संरचना बनाइनुपर्नेमा गाउँपालिकाले स्थानीय टेकबहादुर रानाको जमिनमा सभाहल निर्माण गरिरहेको छ।

भोजपुरको पौवादुङमा जिल्लाकै पहिलो खोप सुनिश्चितता गाउँपालिका

पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ। जिल्लाका नौवटा स्थानीय तह छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्