२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भोजपुरको पौवादुङमा जिल्लाकै पहिलो खोप सुनिश्चितता गाउँपालिका

फाइल तस्बिर।

पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ। जिल्लाका नौवटा स्थानीय तह छन्। १६ महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको हो।

एक सय ४३ को घरमा नै पुगेर बालबालिकाको खोपको अवस्थाको बुझ्दा खोप लगाएको पाइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए।  

घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष किरण राईले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पुर्‍याउन प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए। पौवादुङमा कार्य सम्पादन मूल्याङ्कनमा प्रदेशमा एकमा पहिलो भएको गाउँपालिका हो।

गाउँपालिको गर्भवती एवं सुत्केरी  र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा गरिरहेको छ। सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको छ। यहाँका गर्भवती एवं सुत्केरीलाई सञ्चालन भइरहेको अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित: २० असार २०७९ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App