१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ।  

मुत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका २२ वर्षीय गंगाबहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक(डिएसपी)कैलाश राईले जानकारी दिए। 

‘सडक खन्दै गर्दा झरेको ढुङ्गाले लागेर मृत्यु भएको भन्ने जानकारी आएको छ,’ डिएसपी राईले भने। उनका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।  

प्रकाशित: २७ असार २०७९ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App