रोल्पामा एकजना कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलिले गोप्य सूचनाका आधारमा गंगादेव गाउँपालिकामा कार्यरत इञ्जिनियर नवीन डाँगीलाई पक्राउ गरेको हो। इन्जिनियर डाँगी सेवाग्राहीबाट ५० हजार रूपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन्।
मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएवापत सेवाग्राहीबाट घुस लिने क्रममा इञ्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो। उनलाई सरकारी निवासबाट ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले इञ्जिनियर डाँगीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २५ असार २०७९ ०४:५५ शनिबार