१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

८६ मेगावाटको सोलु दुधकोसी परियोजना निर्माण

निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा निर्माण भएको ८६ मेगावाटको सोलु (दुधकोशी) जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न थालिएको छ।

मनाङ मर्स्याङदी जलविद्युतको पिडिए

मनाङ मर्स्याङदी जलविद्युत् आयोजना (१३५ मेगावाट)को प्रवर्द्धक कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको छ।

चेपे ए जलविद्युत् आयोजनामा तोडफोड

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले चेपे ए जलविद्युत् आयोजना (७ मेगावाट) को साइट अफिस एवम् पावर हाउसमा शनिबार एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोलु-दुधकोशी जलविद्युत् आयोजना तयार: पानी खसालेर परीक्षण सुरु

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ८६ मेगावाटको सोलु-दुधकोशी जलविद्युत् आयोजनाको संरचनामा पानी खसालेर परीक्षण थालिएको छ।

अपर बेलफी–ए जलविद्युत आयोजनाले थाल्यो उत्पादन

‘उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिसकेका छौँ,’ कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजूले नागरिकसँग भने। उनका अनुसार लिमिडेटले आफ्नै लगानीमा एक सय ३२ केभिए क्षमताको २२ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरेको छ।

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।

एक वर्षमा ७२८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा

मुलुकका विभिन्न भागमा उत्पादित बिजुलीमध्ये गत आर्थिक वर्षमा ७ सय २८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

बूढीगण्डकी आयोजनाले घरगोठ र बोटबिरुवाको ४ अर्ब ७२ करोड मुआब्जा बाँड्याे

बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको घरगोठ र बोटबिरुवाको चार अर्ब ७२ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । जेठ पहिलो र तेस्रो साता गरी इकाई दुई चरणमा गरी तीन हजार तीन सय ६९ लाभग्राहीको मुआब्जा रकम खातामा पठाएको आयोजना कार्यालयले जनाएको छ ।

बुढीगण्डकी निर्माण अब कम्पनी मोडलमा

लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ।

बूढीगण्डकी आयोजनाः तीन वर्षदेखि गेजुबाको होल्डमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ गते १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडलमा (सिजिजिसी)लाई दिने निर्णय गरेका थिए। तर चिनियाँ कम्पनीले यो अवधिमा कुनै पनि काम गर्न सकेन।

भारतबाट बिजुली आयात सुरु,निर्यात रोकिने

प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ।

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा स्वीचिङ स्टेसन निर्माण गरिएको थियो। उक्त स्टेशनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ।

तनहुँ जलविद्युत्को प्याकेज २ र ३ को काम धमाधम

तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २र ३ को काम धमाधम भइरहको छ। कोभिड १९ को जोखिमबीच पनि स्वास्थ्य सावधानी अपनाएर काम सञ्चालन गरिएको हो। प्याकेज २ अन्तर्गत भूमिगत काम भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्