४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा  निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसी गाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो।

आयोजनाको प्रवर्द्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इन्जिनियर मनप्रसाद कँडेल र शेयरधनी अभिषेक केसीले क्लबका अध्यक्ष टङ्क पुनलाई सो रकम हस्तान्तरण गरे। वडाध्यक्ष चन्द्रप्रसाद फगामीसहित जनप्रतिनिधि, क्लबका प्रतिनिधि र पदाधिकारीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो। प्राप्त रकमले बेँसीगाउँमा रहेको क्लबको भवनमा तला थप गरिने अध्यक्ष पुनले बताए।

नौ दशमलव १४ मेगावाट क्षमताको उक्त आयोजना प्रभावित क्षेत्रमा सामाजिक कार्यअन्तर्गत सहयोग गरिएको प्रबन्ध निर्देशक कँडेलले बताए। तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको यो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा प्रस्ताव गरिएको छ।

घलेम्दी खोला जलविद्युत् आयोजनाको बाँधभन्दा २ सय मिटरमाथि विद्युत्गृह रहने सुपर घलेम्दीको सुरुङ २/५ किलोमिटर तथा पेनस्टक पाइप एक किमीको हुने छ। मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरको अगुवाइमा आयोजना निर्माण हुन लागेको हो।

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउँछन्। दश प्रतिशत साधारण शेयर, १० प्रतिशत प्रभावित शेयर तथा १० प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजना रन अफ द रिभर प्रकृतिको हो।

आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सबस्टेशनमा पुर्‍याएर कालीगण्डकी करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। नारच्याङमा हाल पाँच मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सञ्चालन भइसकेका छन्। रासस

प्रकाशित: २६ कार्तिक २०७८ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App