मध्यबर्खामा ४०० मेगावाट बिजुली आयात
प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो।
प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो।
आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ।
निर्माण कार्य सम्पन्न नहुँदै ओखलढुंगा र रामेछापको सिमानामा निर्माणाधिन ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) फुटेको छ। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको लिखुतामाकोसी गाउँपालिकाको बीचबाट बग्ने लिखु खोलाबाट विद्युत उत्पादनका लागि सुरु गरिएको जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी परीक्षणकैक्रममा बिहीबार राती फुटेको हो।
नेपाल सरकारले नयाँ बजेटमा ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जागेको छ ।
नेपाल सरकारले नयाँ बजेट भाषणमार्फत ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जगाएको छ ।
नियमित विद्युत आपुर्ति हुन नसक्दा विद्युतीय सामाग्री सञ्चालनमा समस्या आउन थालेपछि कर्णाली प्रदेश सरकारले जुम्लाको खलंगामा एक मेगावाटको सोलार प्लान्ट स्थापना गर्न थालेको छ।
सरकारले नुवाकोटमा बनाउने भनेको २५ मेगावाट क्षमताको सोलार प्लान्ट सम्पन्न गर्ने भनी लक्ष्य राखेको भन्दा दोब्बर समय बित्न लाग्दा पनि बनाउने सुरसार छैन।
६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काम अघि बढिरहेका बेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका प्रभावित क्षेत्रका स्थानीयले सहयोग तथा सरोकार समिति स्थापना गरेको छ।
९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजनाको काम पूरा भएको छ। जिल्लाको याङवरक गाउँपालिकामा निर्माणाधीन आयोजना विद्युत् उत्पादनका लागि तयार भएको प्रवद्र्धक रैराङ हाइड्रो पावर कम्पनीले जानकारी दिएको छ। अबको केही दिनमै परीक्षण प्रसारण गर्ने तयारीमा भइरहेको छ।
२२.२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जडान भएको छ। परीक्षण उत्पादनको रुपमा थापाटारस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो। आइतबारदेखि व्यावसायिक उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ।
सरकारले २०७२ सालमा ऊर्जा संकटकाल कार्ययोजना सार्वजनिक गर्दै तीन वर्षभित्र तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको थियो। त्यो घोषणा भएको तीन वर्ष बितिसक्यो। तर, घोषणाअनुरुप उत्पादन भएको छैन।
तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ। आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको असार मसान्तसम्म दुई सय ३२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो।तर, वर्ष सकिन एक महिनामात्रै बाँकी हुँदा प्राधिकरण र निजी क्षेत्र दुवैको जोड्दा एक सय ४४ मेगावाट मात्रै उत्पादन हुने देखिएको छ। मुलुकका ठूला पाटीहरुले चुनावी घोषणा पत्रमा भने हजारौं मेगावाट विद्युत उत्पादन गर्ने बताउँदै आएका छन्।
जिल्लाका तीन जलविद्युत् आयोजना उत्पादनको चरणमा पुगेका छन्। ५७ मेगावाटका यि आयोजनाको आन्तरिक अन्तिम परीक्षणको काम भइरहेको प्रवद्र्धक कम्पनीहरुले जानकारी दिएका छन्। वैशाखभरी यि आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्ने गरी तयार हुने उनीहरुको भनाइ छ।
रुख कटान, गिट्टी, बालुवा कोसी करिडोर प्रसारणलाइन निर्माणमा बाधक बन्दै आएकोमा पछिल्लो समय धरान उपमहानगरपालिका पनि थपिएको छ। प्रसारण लाइन निर्माणमा अवरोध पुगेका कारण पाँच सय १३ मेगावाट बिजुली खेर जाने भएको हो।